म्युजिक भिडियो सम्पादक दिपक बिस्ट नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनीत

चर्चित सम्पादक दिपक बिस्ट नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक संघको २०७८ मंसिर १५ गतेको पदाधिकारी बैठकले बिस्टलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको विधानको परिच्छेद– ७ दफा २० (च) बमोजिम बिस्टलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको सांस्कृतिक संघका सभापति तीर्थबहादुर थापाले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ ।

बिस्टले दर्जनौं म्युजिक भिडियोको सम्पादन गरेका छन् । बिस्टसँगै नृत्य निर्देशक तथा निर्माता दिनेश पाख्रिन, म्युजिक भिडियो निर्देशक प्रकाश भट्ट, गायक चन्द्र शर्मा, निर्देशक बाबुराजा केसी, गीतकार कस्तुप पन्त, मोडल सुनिल लामिछाने,गीतकार श्रीकृष्ण बम मल्ल, मोडल बिमल अधिकारिलगायतलाई पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

 

प्रकाशित मिति : २०७८ माघ ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस