प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखद्वारा प्रहरी चौकी अनुगमन

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेले अस्थायी प्रहरी चौकी रिहारको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ । जनतालाई सुरक्षा दिनु आफुहरुको पहिलो प्राथमिकता भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो ।

माघ १ गते माघे संक्रान्तिको दिन देउखुरीको रिहारमा लाग्ने मेलालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने उदेश्यले त्यस क्षेत्रको निरीक्षण गरेको प्रहरी प्रमुख काफ्लेको भनाई छ । अस्थायी प्रहरी चौकीमा पुग्नुभएका प्रमुख जिल्ला अधिकारीले शान्ति सुरक्षाका बिषयमा कसै संग सम्झौता नगर्न सुरक्षाकर्मीलाई निर्देशन दिनुभयो ।

अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई त्यहाँको भौगोलिक बस्तुस्थितिका बारेमा लमहि नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसीले जानकारी गराउनुभएको थियो ।।

प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस