दलाल पूँजीपतिहरुलाई पोस्ने काम गरेको वैद्यको आरोप

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले संसवादी दलहरुले समाजवाद भनेर पूँजीवादको बाटो हिड्ने गरेको बताएका छन् ।अनेरास्ववियू क्रान्तिकारीले आयोजना गरेको पत्रकारिता तथा उदघोषण तालिमको उदघाटनलाई सम्बोधन गर्दै वैद्यले यस्तो बताएका हुन् ।

उनले सबै दलहरुले दलाल पूँजीपतिहरुलाई पोस्ने काम गरेको आरोप लगाएका छन् । संसदीय ब्यवस्था भनेकै दलाल पूँजीपतिहरुको ब्यवस्था भएकाले यसका विरुद्ध पत्रकारहरुले सशक्त कलम चलाउनुपर्नेमा वैद्यले जोड दिए ।

वैद्यले कार्लमार्क्स पनि पत्रकार भएको उल्लेख गर्दै पत्रकारिता एउटा सशक्त आन्दोलन भएकाले आजको युग सूचना साम्राज्यको युग तथा सूचना क्रान्तिका युग भएको बताए ।

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस