पक्राउ र्‍यापर लाउरेसहित ४ जनालाई ८ दिन हिरासतमा राखिने

काठमाडौँ, १६ पुस। लागुऔषघ ब्राउन सुगरसहित पक्राउ परेका र्‍यापर आशिष रानामगर (लाउरे)सँगै पक्राउ परेका ४ जनालाई ८ दिन हिरासतमा राखिने भएको छ ।  (लाउरे)सँगै पक्राउ परेका ४ जनालाई ८ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो ।

हिजो (बुधबार) प्रहरीले पोखराको न्युरोडबाट उनीहरुलाई सुगरसहित पक्राउ गरेको थियो । उनीसँगै पक्राउ पर्नेमा ध्रुव थापा, नविन गुरुङ र सुस्मिता गुरुङ छन् । आरोपीहरुको साथबाट १३ दशमलब १ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । ब्राउन सुगरसहित सो लागुऔषध जोख्न प्रयोग गरिने तराजु पनि बरामद गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २०७८ पुष १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस