अखिल क्रान्तिकारी रोल्पाको संगठन बिस्तार अभियान अशोक वलीको प्रमुख आतिथ्यतामा सम्पन्न

अखिल क्रान्तिकारी रोल्पाको विद्यार्थी भेटघाट तथा संगठन बिस्तार अभियान सिदार्थ नमुना मा।वि घोप्टेओढार रोल्पामा सम्पन्न भएको छ । उक्त कार्यक्रमबाट दिपेन्द्र खड्काको अध्यक्षतामा ३१ सदस्यीय मुल इकाई कमिटी गठन गरिएको छ ।

जसको उपाध्यक्षमा अमृत घर्ती,धनमाया पुन ,रमेश खड्का सचीव दिपा घर्ती ,सह(सचीव जीवन बुढा ,दिलमाया पुन,थलराज घएती र कोषाध्यक्षमा भुवन वली रहनु भएको छ ।अखिल क्रान्तिकारी रोल्पाका अध्यक्ष एवम् लुम्बिनी प्रदेश कमिटी सदस्य अशोक वली परिवर्तनको प्रमुख आतिथ्यता , गाउँ कमिटी उपाध्यक्ष सुरेन्द्र वलीको बिशिस्ट आतिथ्य र गाउँ कमिटी सचिवालय सदस्य सन्दीप वली,दिपक वली,पवन केसिको उपस्थिति रहेको थियो ।

उक्त भेटघाटको क्रममा विद्यार्थीहरुलाई अखिल क्रान्तिकारी रोल्पाका अध्यक्ष अशोक वली परिबर्तनले विद्यार्थीहरुको पाठ्यपुस्तक ,शैक्षिक गतिविधि ,शैक्षिक सामग्री ,खेलकुद सामाग्री ,खानेपानी ,सौचालय,को अबस्थाको बारेमा विद्यार्थीलाई सोधनु भएको थियो र विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक पाएको ,पठन पाठन राम्रो भएको ,खानेपानी र सौचालय ठिकै रहेको र शैक्षिक सामाग्री र खेलकुद सामाग्री केही मात्रा भए पनि अझै माग गर्नु पर्ने बताएका छ्न ।

 

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस