चोलेन्द्रलाई भगवान नै मानेपनि छाड्नेवाला छैनौं – शम्भु थापा

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भष्टाचार गरेकाले राजीनामा मागेको बताएका छन् । एमाले अध्यक्ष केपी ओलीलाई सर्वोच्च अदालतमा भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउ माग गर्दै पुगेको नेपाल बार एसोसिएसनका तर्फबाट उनले यस्तो बताएका छन् ।

उनले ओलीलाई गणतन्त्र पछिको अदालतको हालत खराब भएको बताएका छन् । प्रधानन्यायाधीश जबरा भ्रष्टाचारको मुल जरो भएकाले हटाउनुपर्ने बताए । उनले भने,‘प्रधानन्यायाधीश खरीको बोट जस्तो दह्रो भएर बसेका छन् । अहिले हामीले उनकै राजीनामा माग्नुको कारण भ्रष्टाचार गरेकाले हो । प्रधानन्यायाधीश भ्रष्टाचारको मुल कारक भएकाले उनलाई हटाउनुपर्छ ।

भ्रष्टाचारको किल्किले समातेका छौं हामी छाड्नेवाला छैनौं ।’ अध्यक्ष ओलीलाई वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशलाई भगवान नै माने पनि उनको बहिर्गमनको आन्दोलनबाट पछि नहट्ने बताए । थापाले भने,‘सबै दलहरुले चोलेन्द्रलाई भगवान माने पनि हामी छाड्नेवाला छैनौं ।’ वरिष्ठ अधिवक्ता थापाले संसदका समितिमा सर्वोच्चका १९ जना न्यायाधीश र प्रधानन्यायाधीशलाई बोलाएर छलफल गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : २०७८ मङ्सिर २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस