संविधान कार्यन्वयन गर्ने जिम्मेवारी दलहरुको भएको प्रधानमन्त्री देउवाको भनाई

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यन्वयन गर्ने जिम्मेवारी दलहरुको भएको बताए । लोकतान्त्रीक मूल्यमान्यतालाई जिवन पद्धति बनाउनु पर्ने देउवाले बताए । उनले भने ‘ राष्ट्रिय स्वतन्त्रता, एकता हामी सबैको एउटै लक्ष्य हुनु पर्छ । हामीबीच नितिगत रुपमा भएका भिन्नता छन् । यसलाई संविधान अनुसार समाधान गर्नु पर्छ । लोकतान्त्रिक मूल्यमान्यतालाई जिवनमा पद्धति बनाउनु पर्छ ।’

राजनीतिक दलमा मत भिन्नता भएर नै अलग अलग पार्टीमा रहेको , तर देशको लागि एक ठाउँमा भएको बताए । उनले आफू र एमाले अध्यक्ष केपी शर्मा ओली नेपालमा लोकतान्त्रिक आन्दोलनको लागि जेल परेका सम्झना गरे ।

उलने अब कसैले पनि लोकतान्त्रिक आन्दोलनको लागि जेल जानु नपर्ने बताए । अहिले कोरोनाको महामारीलाई नियन्त्रण गर्नु प्रमुख काम भएकाले सरकार त्यसमा लागि परेको बताए । उनले भने ‘अहिले खोपले नियन्त्रण हुदै छ । हामी सहकार्य र सहयोगबाट अगाडि बढ्ने छु ।

प्रकाशित मिति : २०७८ मङ्सिर १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस