सुकम मगरको पहिलो सांगीतिक कोसेली ‘कसलाई सोधूँ म’ सार्वजनिक

दाङ, बैशाख ०२ । नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘कसलाई सोधूँ म’ सार्वजनिक भएको छ। गीतमा चर्चित गायिका रचना रिमाल र गायक रभि शर्मा को स्वर रहेको छ भने गीतका शब्द तथा संगीत सुकम मगरले सिर्जना गरेका छन्।

उक्त गीत सुकम मगरको पहिलो सांगीतिक कोसेलीका रूपमा सार्वजनिक गरिएको छ। प्रेम, भावना र संवेदनालाई समेटिएको गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

गीतको एरेञ्ज, मिक्सिङ तथा मास्टरिङ पुष्कर शर्माले गरेका छन्। ‘आरोहा रेकर्डिङ स्टुडियो’मा तयार गरिएको गीत २०८३ साल जेठ १ गते ‘ Deurali’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सार्वजनिक भएको छोटो समयमै गीतले दर्शकको ध्यान आकर्षित गरिरहेको छ।

गीत निर्माणमा विभिन्न व्यक्तित्वहरूले विशेष सहयोग गरेका पनि बताइएकाे छ । खबापु चञ्चल मगर, खेमराज गाउँले, सुरेन्द्र घर्ती मगर, व्योम जी अवतार, अमरजीत पुन मगर, डम्बर मगर, वीरेन्द्र ओली, घनश्याम गिरी, भावना चन्द ठाकुरी, हेमराज परिवर्तन, सफल मगर, हुकुम पुन मगर र शिखर रोका मगरलगायतले शुभकामना तथा सहयोग प्रदान गरेका छन्।

नयाँ पुस्ताका सर्जक सुकम मगरको यो प्रयासले नेपाली संगीत क्षेत्रमा थप ऊर्जा दिने अपेक्षा गरिएको छ।

पुरा भिडियाेः

प्रकाशित मिति : २०८३ जेष्ठ २ गते शनिवार
प्रतिक्रिया दिनुहोस