आशा,सुजन,शिब र शंकरको अभिनयमा “राती भेट्न सपनीमा आउछु” सार्वजनिक

काठमाडौं,

नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा सांगीतिक बारमा अर्काे मर्मस्पर्शी गीत ‘‘राती भेट्न सपनीमा आउछु’’ सार्वजनिक भएको छ।

यस गीतमा प्रेमी र प्रेमिका बिच दिनमा भेट्न समाज बाधक बनेको र सपनीमा भेट्ने बार्तालाप गरेको कथालाई समेटिएको छ। ‘‘राती भेट्न सपनीमा आउछु’’  नामक गीतमा भिम बहादुर पौडेल र रमिला बिश्वकर्माको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली ‘‘अभिब्यक्ति’’  को शब्द, गायक तथा संगीतकार रमेश बिक्रम रत्नको संगीत रहेको छ।

सो गीतको एरेञ्ज राकेश शोनीले गरेका हुन् भने मनोज डंगोलले मिक्सिङ गरेका हुन्। यस गीतमा पत्रकार प्रकाश बराईली ‘‘अभिब्यक्ति’’ को निर्देशन, छायांकन, सम्पादन रहेको छ।

उक्त गीतको भिडियोमा सुजन सुर्खेती, आशा बिश्वकर्मा, शिब पराजुली, शंकर बरालको अभिनय रहेको छ। यस गीतलाई पत्रकार प्रकाश बराईली ‘‘अभिब्यक्ति’’ को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

प्रकाशित मिति : २०८२ चैत्र ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस