दाङ, फागुन २८ । लोक तथा झ्याउरे भाकाका पारखीहरूका लागि “सुन्धारा नामक नयाँ नेपाली झ्याउरे गीत सार्वजनिकभएकाे छ। अमृत विश्वकर्मा र सीता के.सी.को अभिनय रहेको उक्त गीतमा गाउँघरको मौलिक झ्याउरे लय, प्रेम र संस्कृतिको मिठास प्रस्तुत रहेकाे छ।
बिहिवार “सिता थापा” युट्युब च्यानल मार्फत सार्वजतिक उक्तमा लाेक तथा झ्याउरे भाकाका सास्कृतीक प्रस्तुतिहरू, नाचगान, बाजाहरूले दर्शक तथा स्राेता पारखिहरूकाे मन जित्ने खालकाे देखिएकाे छ । गीतका शब्द तथा सङ्गीत केशर रावतले तयार गर्नुभएको छ। गीतमा अमृत विश्वकर्मा, केशर रावत, निराजन के.सी. भण्डारी र ज्ञानेन्द्र स्वर्णकारको स्वर रहेको छ भने महिला स्वरमा सीता थापा, पवि मगर, कालिका राना मगर, सन्जीता बुढा मगर र भिमा कार्कीले साथ दिनुभएको छ। गीतको रेकर्डिङ मारुनी स्टुडियोमा गरिएको हो।
गीतको सङ्गीत संयोजन (एरेन्ज) खेमराज गौतमले गर्नुभएको छ। बासुरीमा रत्न वि.क., सारङ्गीमा हेमन्त कान्छा रसाइली र मादलमा मदन घिमिरेको साथ रहेको छ। गीतको रेकर्डिङ सुमन रानाले गर्नुभएको हो भने मिक्सिङ कुमार रानाले गर्नुभएको छ।
म्युजिक भिडियोमा अमृत विश्वकर्मा र सीता के.सी., पवि मगर र गणेश मगर, निराजन के.सी. र कमला कँवर, सुलभ पौडेल र बिमला मगर, विकास भट्टराई र विपना थापा तथा ज्ञानेन्द्र स्वर्णकारले अभिनय गर्नुभएको छ। भिडियोको निर्देशन अभिशेक मल्लले गर्नुभएको हो भने छायांकन अर्जुन रोका मगरले गर्नुभएको छ। भिडियो सम्पादन तथा रङ संयोजन पनि अभिशेक मल्लकै रहेको छ भने सम्पादन कार्य स्मार्ट फिल्म्स स्टुडियोमा गरिएको हो।
मौलिक नेपाली झ्याउरे भाकामा आधारित “सुन्दरा” गीतले नेपाली लोक सङ्गीतप्रेमी दर्शक तथा श्रोतामाझ राम्रो स्थान बनाउने देखिएकाे छ।
पुरा भिडियाे



