घाेराही मेला बद्रीले रुवाउँदा कृष्ण, नरेश र सविनाले छमछमी नचाए

घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को तेह्रौँ दिन आज चर्चित कलाकारहरूको दमदार प्रस्तुतिसँगै दर्शकहरूले भरपुर मनोरञ्जन लिएका छन् ।

मेलाको सांगीतिक कार्यक्रममा चर्चित गायक बद्री पङ्गिनीले भावनात्मक तथा लोकप्रिय गीतमार्फत् दर्शकलाई कहिले रुवाए र नचाए । बद्रीकाे गीतमा दर्शकहरु झुमे । उनले कला चल्यो गला चल्यो मान्छे चलेन, झ्यापै आइन् मगर्नी, उनको राशि तुला पर्यो मेरो कन्या बोलका गीत प्रस्तुत गर्दै माहोल तताएका थिए ।

त्यसैगरी गायक कृष्ण रेउलेले झरीको तिम्रो याद हिमालभन्दा, कलेजी रेटियो, आज गाउँमा बिजुली चम्कियो, साइली गाउँमा हल्ला चल्यो जस्ता गीत गाएर दर्शकलाई छमछमी नचाएका थिए। गायक नरेश खातीले माया मारेर, चौतारीमा सोल्टिनी पिपल बर, तिम्रै मायाले मलाई कान्छी, राजा, मादलु जस्ता लोकप्रिय गीतमार्फत प्रस्तुति दिएका थिए ।

अर्का गायक डोलराज न्यौपानेले भजन र गोरेटो गीत प्रस्तुत गरे। गायिका सविना बुढा मगरले कलधारा पानीको, धिपी धिपी बलेको दियो, साइला बोलका गीत गाएर दर्शकको मन जितेकी थिइन् । कार्यक्रममा मोडल नारायणी खत्री र प्रमिला कठायतले आकर्षक नृत्य प्रस्तुत गरी थप रौनकता ल्याएका थिए । कार्यक्रमको उद्घोषण माधव जोन खत्रीले गरेका थिए।

तेह्रौँ दिनको कार्यक्रममा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो भने माघे मेला–२०८२ ले घोराहीको सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याइरहेको आयोजकले बताएका छन्।

प्रकाशित मिति : २०८२ माघ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस