लोक तथा दोहोरी गायक रबिन्द्र सुनारको म्युजिक भिडियो सार्बजनिक

एक रोल्पालिका छोरा छुट्टै पहिचान बोकेर हिडेका गित सङ्गीत क्षेत्रमा अगाडी सरेका चर्चित लोक तथा लोक दोहोरी गाएक रबिन्द्र सुनार र त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर सम्म ख्याति प्राप्त हुन सफल र देश तथा बिदेशमा गित हरु भाइरल बनाइ आफू मात्र नभइ रोल्पा जिल्लालाई चिनाउन सफल रोल्पालिकि चेली श्री शान्ति श्री परियार र उस्तै गीत सङ्गीत क्षेत्रमा पहिले देखीनै लाग्दै आउनुभएकी रोल्पाकै चेली तुलसा घर्ती मगरको स्वरमा रहेको यो गीत रबिन्द्र सुनारको लय रबिन्द्र सुनार र झनकार बुढा मगरको शब्द संगीतमा रहेको भिडियो अमर रोकाको एरेन्ज रहेको छ भने सुमन र खुमन राणाले यस्को रेकर्ड गरेका छन ।

मिक्सिङमा कुमार राना रहेका छन भने स्टुडियो मा मारुनी डिजिटल रहेको छ। सिनेमाटोग्राफरमा प्रकाश खड्का रहनुभएको छ भने सम्पादन र कलरमा राजकुमार रहनुभएको छ ।

सन्तोष टी मगरको सह कोरियोग्राफरमा रहेको भिडियोको मुख्य डाइरेक्टर तथा कोरियोग्राफर बिजय पुनले गर्नु भएको छ। गीत शुक्रबार देखि बजारमा आइसकेको छ ।

भिडियोमा बिजय पुन,निशा मगर,रबिन्द्र सुनार र सिता सुनारको अभिनय रहेको छ ।

 

प्रकाशित मिति : २०८१ पुष १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस