
१६ मंसिर २०८१, आइतवार। मंसिर ८ शनिबार एक औपचारिक कार्यक्रमका बीच जलजला युवा क्लब परिवर्तन गाउँपालिका -४ पाछाबाङ रोल्पाको १८ औं वार्षिकोत्सब शहिद स्मृति खेलकुद,व्यापार सांस्कृतिक महोत्सव तथा बृहत कृषि प्रदर्शनी-२०८१ को राक्सेबाङ्मा उद्घाटन गरिएको थियो ।
“राष्ट्रका लागी विविधतामा एकता,स्वस्थ नागरिकका लागी खेलकुद आबस्यकता” भन्ने मुल नाराका साथ परिवर्तन गाउँपालिकाको संरक्षक तथा जलजला युवा क्लबको आयोजनामा जलजला युवा क्लबको १८ औ बार्षिकउत्सब परम्परागत राक्सेबाङ मेला तथा सहिद स्मृति खेलकुद प्रतियोता-२०८१ आयोजना गरिएको थियो । विविध खेलकुद अन्तर्गत खुल्ला शुद्ध वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम जलजला युवा क्लब भएको छ, नगद ५१ हजार १ सय ५१ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीयत सुन्दर समाज युवा क्लब भुमे गाउँपालिका-९ चुन्बाङ भएको छ । नगद ३० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सेमिफाइनल दुई टिम लाली गुराँस युवा क्लब परिवर्तन गाउँपालिका-३ इरिबाङ र छड्के देउराली युवा क्लब परिवर्तन गाउँपालिका-५ राङ्कोट भएका छन । नगद १५/१५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
खुल्ला शुद्ध वडा स्तरीय महिला भलिबल प्रतियोगितामा प्रथम जनचेतना युवा समूह परिवर्तन गाउँपालिका-३ सर्पलोते भएको छ । नगद २५ हजार १ सय रुपियाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय जलजला युवा क्लब परिवर्तन गाउँपालिका-४ पाछाबाङ भएको छ । नगद १५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
सेमिफाइनल दुई टिम जलजला युवा क्लब र सुन्दर समाज युवा क्लब भएका छन् । नगद ८/८ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । खुल्ला शुद्ध वडा स्तरीय पुरुष फूटबल प्रतियोगितामा प्रथम रपा फुटबल क्लब परिवर्तन गाउँपालिका-३ भएको छ । नगद २५ हजार १ सय रुपियाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय जलजला युवा क्लब भएको छ । नगद १५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
द्वितीय माडीचौर फुटबल क्लब रोल्पा नगरपालिका-७ माडीचौर भएको छ । नगद १५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सेमिफाइनल दुई टिम जलजला युवा क्लब र रपा फुटबल क्लब भएका छन । नगद ८/८ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । मावि स्तरीय खुल्ला हाजिरी जवाफ प्रतियोगितामा प्रथम बाल कल्याण मावि परिवर्तन गाउँपालिका-१ कुरेली भएको छ । नगद ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
द्वितीय मावि माइस्थान परिवर्तन गाउँपालिका-४ भएको छ । नगद ३ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तृतीय मावि माइस्थान भएको छ भने नगद २ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सांस्कृतिक महोत्सव संयोजक मिलन बुढा मगर तथा कार्यक्रम व्यवस्थापक अर्जुन वलीको अध्यक्षतामा भएको कार्यक्रममा शनिबार राष्ट्रिय लोक दोहोरी क्षेत्रका बादसाह बर्दी पंगिणी,उद्धघोषक तथा डान्सर हरि थापा,उद्घोषक रतन शाही ठकुरी,डान्सरहरु अञ्जली पुन मगर,तिर्सना बुढा मगर र चेतना विक लगायतको प्रस्तुति रहेको थियो।
शनिबार बद्री पंगिणीको प्रस्तुतिमा धेरै दर्शकहरुको उपस्थित रहेको थियोे । मंसिर ९ गते राष्ट्रिय लोक दोहोरी गायक खेम सेन्चुरी,१० गते भुमिका गिरी र एमटी महर,११ गते ज्योति मगर ,१२ गते चन्द्र शर्मा,जनवादी गायक झन्कार बुढा मगर र अमर रोका मगर ,१३ गते अर्जुन सापकोटा र मोडेल आरुसी मगर ,१४ गते गायक सुमन बिटी लगायतको राष्ट्रिय कलाकारहरुले प्रस्तुति राखेका थिए ।
कार्यक्रमको सञ्चालन उद्घघोषक तथा गायक शान्तराम सेन्चुरीले गर्नु भएको थियोे । शनिबार सम्पन्न भएको वार्षिकोत्सब कार्यक्रमको अध्यक्षता जलजला युवा क्लबका अध्यक्ष कमल विबश बुढा मगरको रहेको थियोे । कार्यक्रममा परिवर्तन गाउँपालिका-४ का वडा अध्यक्ष मानसिङ बुढाको प्रमुख आतिथ्यता रहेको थियोे भने नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सल्लाहकार कमिटीका सदस्य दल बहादुर बुढा मगरको विशिष्ट आतिथ्यता रहेको थियो।
राष्ट्रिय लोक दोहोरी गायक बद्री पंगिणी, वडा सदस्य अमर बुढा मगर,नेकपा एमाले रोल्पा जिल्ला सदस्य देव प्रकाश वली,नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका उपाध्यक्ष देव बहादुर वली,परिवर्तन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक घर्ती मगर,प्रहरी चौकी पाछाबाङ्का प्रहरी सहायक निरीक्षक सुरेन्द्र कुमार चौधरी र प्रहरी चौकी बागमाराका प्रहरी सहायक निरीक्षक झलक बुढा मगर लगायतको आतिथ्यता रहेको थियो।
मेला महोत्सव सौहार्द पूर्ण वातावरणमा सम्पन्न गर्न इलाका प्रहरी कार्यालय ओबाङ,प्रहरी चौकी कुरेली,अस्थायी प्रहरी पुतलाचौर,प्रहरी चौकी बागमारा र प्रहरी चौकी पाछाबाङबाट प्रहरी टोलीको उपस्थित रहेको थियो । आयोजकले आर्थिक भौतिक रूपमा सहयोग गर्ने सहयोगीहरुलाई मायाको चिनो समेत प्रदान गरेको थियो । कार्यक्रमको सञ्चालन जलजला युवा क्लबका सदस्य रामचन्द्र खड्काले गर्नु भएको थियो ।