प्रकाशित मिति : २०८२ चैत्र १० गते मङ्गलवार

दाङ, चैत्र १० । ‘मेरै तस्वीर हेरी’ बाेलमा रहेकाे गितमा भिडियो सार्वजनिक भएको छ। Bimala Thapa Magar युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको उक्त भिडियोले दर्शकमाझ उत्साहका साथ ध्यान खिच्न थालेको छ।
भिडियोमा बिमला थापा मगर र प्रबिन खड्का को अभिनय देख्न सकिन्छ। निर्देशन बिरेन्द्र वली ले गरेका छन् भने छायांकन राेजन राेकाले गरेका छन्। भिडियो सम्पादन तथा रङ संयोजन दिपक बिष्टले गरेका छन्।
गीतमा बलबिर चलाउने र पुर्नकाला बिसिको स्वर रहेको छ भने शब्द तुल बहादुर घर्ति मगरले सिर्जना गरेका हुन्। संगीत हरि बिष्ट समर्पनको रहेको छ।
उक्त भिडियोको पोस्ट प्रोडक्सन Jaljala T Vमार्फत सम्पन्न गरिएको हो। सार्वजनिक भएसँगै भिडियोले सयौं दर्शकको ध्यान खिच्दै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।
