
दाङ, चैत्र ९ । गायक तथा सर्जक कमल बीसी माल्दाईको को नयाँ गीत “बर्दियाको बाघ – कता कता” सार्वजनिक भएको छ। आज साेमबार Kamal BC Malda काे आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियाेले छोटो समयमा उल्लेख्य दर्शक प्रतिक्रिया बटुल्न थालेको छ र सामाजिक सञ्जालमा समेत चर्चा पाइरहेको छ।
गीतमा स्वर, शब्द तथा संगीत स्वयं कमल बीसी माल्दाईकै रहेको छ। संगीत संयोजन विश्वास नेपालले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ Shyam Swet Rasaili ले गरेका छन्। गीतको रेकर्डिङ काठमाडौँस्थित प्रिस्मा रेकर्डिङ स्टुडियाेमा गरिएको छ।
भिडियो पक्षमा निर्देशन तथा कोरियोग्राफी प्रदिप थारूले सम्हालेका छन्। छायांकन रामु चाैधरी र उनको टिमले गरेका छन् भने सम्पादनसमेत चौधरीकै रहेको छ। मेकअप आर्टिस्टका रूपमा अम्रता राजबिरको सहभागिता रहेको छ। पोस्ट–प्रोडक्सन RKC Digital Pvt. Ltd. ले गरेको हो।
गीतमा स्वयं कमल बीसी माल्दाईको अभिनय देख्न सकिन्छ। ग्रामीण परिवेश, माया–प्रेम र जीवनशैलीलाई समेट्दै तयार पारिएको यस गीतले दर्शक तथा श्रोतामाझ नयाँ स्वाद दिन खोजेको देखिन्छ। निर्माण टिमले आफ्ना अभिभावक मनबहादुर बुढा (बुबा) र टोपकला बुढा (आमा) प्रति विशेष कृतज्ञता व्यक्त गर्दै गीतलाई ‘आशीर्वादस्वरूप’ सार्वजनिक गरिएको जनाएको छ।
नयाँ शैली र प्रस्तुतिका कारण “बर्दियाको बाघ – कता कता” गीत आगामी दिनमा अझ लोकप्रिय हुने अपेक्षा गरिएको समेत जनाइएकाे छ ।
Video:


