दाङ, चैत्र ३ । गायक खेम सेन्चुरी र दीपिका बायाम्बु मगरको स्वरमा सजिएको नयाँ लोकदोहोरी गीत “नजर तेतै छ” बाेलकाे गित सार्वजनिक भएको एक महिनामै दर्शकमाझ लोकप्रिय बन्न सफल भएको छ।
उक्त गित करिब एक महिना अघि गोविन्द पहाडीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियाे। सार्वजनिक भएपछि छोटो समयमै गीतले उल्लेखनीय दर्शकको ध्यान खिच्दै गउकाे छ। दर्शकले गीतको शब्द, संगीत र भिडियो प्रस्तुतिलाई सर्वाधिक रुचाएका छन्।
गीतमा मायालु भावना, आकर्षण र प्रेमको अभिव्यक्तिलाई सरल र भावनात्मक ढंगले प्रस्तुत गरिएको छ। बिक्रम बाबु बिश्वकर्माको शब्द तथा संगीत रहेको यस गीतलाई एचबिएन किस्मतले एरेन्ज, मिक्स तथा मास्टरिङ गरेका छन।
गीतका निर्माता अशोक कुमार माली रहेका छन। भिडियोमा गोविन्द पहाडी, आश्मा बिश्वकर्मा, अनिता लामा लगायत कलाकारको अभिनय देख्न सकिन्छ, जसले गीतलाई अझ आकर्षक बनाएको छ।
भिडियोलाई बिनोद भण्डारीले निर्देशन गरेका छन् भने छायांकन नवराज उप्रेती, सम्पादन प्रविन भट्ट र कलर मिलन बिश्वकर्माले गरेका छन्। नृत्य निर्देशन प्रसान्त मगरले गरेका छन्, जसले गीतको दृश्यलाई जीवन्त बनाएको छ।
समग्रमा, “नजर तेतै छ” गीतले छोटो समयमै दर्शकको माया पाउँदै सामाजिक सञ्जालमा समेत राम्रो प्रतिक्रिया बटुल्न सफल भएको देखिन्छ।
पुरा भिडियाे…



