कमाना ओलीको प्रस्तुति तथा होस्टिङमा तयार गरिएको “लाईभ दोहोरी भाग–४४” सार्वजनिक भएको छ । सोमबार “कामना वली” युट्युब च्यानल मार्फत सार्वजनिक “लाईभ दोहोरी भाग–४४” मा चर्चित तथा प्रतिभाशाली कलाकारहरुको आकर्षक सहभागिता रहेको थियो ।
माटो काति चपरी हालीमा बोलमा तयार भएको “लाईभ दोहोरी भाग–४४” हालको परिवेश चुनावी माहोल, आन्डोलन, सचेतनका कुराहारु, लगाएत परिवर्तनका बिषयलाई समेतिएको हुदा दर्शकहरुमा निकै रुचाएको देखिन्छ । कार्यक्रममा मुख्य गायकका रूपमा शंकर क्षेत्री, हुमेश भण्डारी, सुमित्रा गुरुङ, निशा सुनार, उर्मिला शाही ठाकुरी, ललिता खड्का, कल्पना विश्वकर्मा र कमाना ओलीले आफ्नो सशक्त प्रस्तुति दिएका छन् । कार्यक्रममा मौलिक लोकदोहोरी शैलीलाई जीवन्त राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गरिएको छ ।
उक्त कार्यक्रममा प्रस्तुत गरिएको मौलिक गीतमा सोनु सिंह र सन्तोष बिसीको स्वर रहेको छ भने गीतका शब्द सोनु सिंहले र संगीत सन्तोष बिसीले तयार पारेका छन । कार्यक्रमले नेपाली लोकदोहोरी क्षेत्रलाई थप ऊर्जा दिने विश्वास गरिएको छ । कार्यक्रम सफल बनाउन विभिन्न वाद्यवादक तथा प्राविधिक टोलीको समेत महत्वपूर्ण योगदान रहेको थियो ।



