पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहँदै आएकी डान्सर तथा मोडल बिमला मगर ले आफ्नो आकर्षक नृत्य, सहज अभिनय र सरल स्वभावका कारण दर्शकको मन जित्दै आएकी छन्। दाङ्लाइ कर्मथलो बनाएकी मगरले अहिलेसम्म दुई दर्जनभन्दा बढी म्युजिक भिडियो तथा डिजिटल कन्टेन्ट मा अभिनय गरिसकेकी छन्।
डान्सप्रतिको गहिरो रुचि र निरन्तर मेहनतका कारण उनी छोटो समयमै दर्शकबीच लोकप्रिय बन्दै गएकी हुन्। लोक तथा आधुनिक दुवै शैलीका नृत्यमा सहज देखिने बिमला मगरको प्रस्तुतिमा आत्मविश्वास र कलात्मकता स्पष्ट झल्किन्छ। अभिनयमा पनि स्वाभाविक अभिव्यक्ति दिन सक्ने क्षमताका कारण उनलाई दर्शक तथा सिर्जनात्मक क्षेत्रका व्यक्तिहरूले सकारात्मक प्रतिक्रिया दिँदै आएका छन्।
कलात्मक पक्षसँगै बिमला मगरको मिलनसार स्वभाव, सरल व्यवहार र अनुशासन ले पनि उनलाई थप प्रिय बनाएको छ। सामाजिक सञ्जालमार्फत आफ्ना नृत्य र सिर्जनाहरू प्रस्तुत गर्दै आएकी उनले डिजिटल प्लेटफर्ममा राम्रो उपस्थिति बनाइसकेकी छन्। आगामी दिनमा अझै गुणस्तरीय काम गर्दै नेपाली कला र मनोरञ्जन क्षेत्रमा आफ्नो पहिचान मजबुत बनाउने लक्ष्यका साथ अघि बढिरहेकी बिमला मगरलाई दर्शकले भविष्यकी सम्भावनायुक्त कलाकारका रूपमा हेर्न थालेका छन्।


