गीतकार रोशन क्षत्रीको“घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

काठमाडौं,

अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको छ। चुनाबी महोल बढेसंगै कस्ले बाजी मार्ला त भन्ने कुरामा सबैको ध्यान केन्द्रित भएको छ। यसैक्रममा गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक भएको छ।

 

यस गीतमा भिम पौडेल र बिन्दु बिसीको स्वर रहेको छ भने गोपाल सापकोटा र रोशन क्षत्रीको शब्द, गोपाल सापकोटाको संगीत रहेको छ। गीतको भिडियोमा गोपाल सापकोटाको निर्देशन रहेको छ भने भरुभुमी नारायणको छायांकन, रोशन धितालको सम्पादन रहेको छ।

 

उक्त गीतको भिडियोमा प्रभा ढकाल, सिमोना कार्की, रमेश बिजिएम, गोकुल खनाल, ममता तामाङ, शर्मिला बानिया राउत, सस्मिता तामाङ, गीता अधिकारी, सुश्मा न्यौपाने, रबिना कंडेल, पुर्ण सापकोटा, गणेश कंडेल, यज्ञ पौडेल, दशरथ सापकोटा आदीको अभिनय रहेको छ।

 

यस गीतलाई रोशन क्षत्रीको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

प्रकाशित मिति : २०८२ माघ २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस