गायक झविन्द्र पौडेलको “छल्दी र पनाह” सार्वजनिक

काठमाडौं,

नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा गुल्मीको सिमलटारी जन्मेका गायक झविन्द्र पौडेलको नयाँ गीत “छल्दी र पनाह” सार्वजनिक भएको छ।

 

यस गीतले छोटो समयमा नै दर्शकहरुका मन जित्दै गईरहेको छ। छल्दी र पनाह नामक गीतमा झबिन्द्र पौडेल र शान्तीश्री परियारको स्वर रहेको छ भने बरिष्ठ गायक एबं सर्जक बिमलराज क्षत्रीको शब्द, संगीत रहेको छ।

 

सो गीतमा सुनिल क्षत्रीको कथा, निर्देशन रहेको छ भने अभि र रितेशको कोरियोग्राफी, राजेश घिमिरे र नवराज उप्रेतीको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ। “छल्दी र पनाह” नामक गीतलाई बिमलराज क्षत्रीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

 

सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।

प्रकाशित मिति : २०८२ माघ २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस