दिन प्रतिदिन गीत हरु बजारमा आउने गरेको पाइञ्छ यहि क्रममा धेरै ठाउहरुलाई समेटेर नया गीत बजारमा आएको छ ।
दाङ घोराही तुलसीपुर गीत बजारमा आएको छ गीत आज भन्दा करिब १० बर्ष पहिले अडियोमा बजारमा आएको थियो तेही गीतलाई अहिले भिडियो बनाएर बजारमा सार्बजानिक गरिएको छ गीतमा विभिन्न ठाउ हरुलाई समेटेर सब्द निर्माण गरिएको छ ।
कति राम्री बुटुवलकि नानी सल्यान घुम्न लानेकी नलाने जस्ता सब्दहरु छन् गीतले भक्तपुर,ललितपुर् ,काठ्माण्डौ ,नेपालगन्ज,कोहोलपुर ,रोल्पा ,रुकुम ,सल्यान ,प्युठान ,दादाङ ,कैलाली र जाजरकोटका जिल्ला हरुलाई समेटेको पाइञ्छ ।
बिरेन्द्र ओलीको सब्द ,दिल वियोगी र रेशम कुमार बुढा मगरको लय रहेको गीतमा बलबीर चलाउने र पुर्णिमा सेन ठकुरीको स्वर रहेको छ गीतलाई म्युजिक बैक स्टुडियोमा रेकड गरिएको थियो भने कृष्ण पुनले एरेञ्ज मिक्सिङ्ग गरेका थिए ।
बिरेन्द्र ओलीको निर्देसन रहेको भिडियोलाई रोजन रोकाको छायांकन ,दिपक बिष्टको कलर सम्पादन रहेको छ भने कोरियोग्राफी बिमला थापा मगरले गरेकी छन् दाङ्ग घोराहीका ठाउमा यो गीत सुटिङ्ग गरिएको छ ।
अडियो सी आर बिटी र पा आर बिटीको बेलामा यो गीतले निकै बजार तताएको थियो अहिले यो गीतलाई बिमला थापा मगरको अफिसियल युटुब च्यानल बाट बजारमा निकालिएको छ ।
भिडियोमा बिरेन्द्र ओली , बिमला थापा मगर ,जयलाल डागी, प्रविन खडका, अनिता सेन ,बर्षा मगर,बिन्दु बिस्वकर्मा (जलपरी ),भरोसा थापा ,निरुता पुन ,संगीता पुन मगर र खुसि खड्काको दमदार अभिनय र डान्स रहेको छ भने बिरेन्द्र ओलीले थुप्रै म्युजिक भिडियो निर्देसन ,निर्माण र मोडल गरिसकेका छन् ।
पछिल्लो समय गीत सुटिङ र फिल्म सुटिङको लागी दाङ स्थापित बन्दै गएको छ ।
हेर्नुहोस भिडियो ।



