आजभोली चल्ने जीव गाडीलाई समेटेर नया लोक गीत मै झिल्के ड्राइभर बजारमा आएको छ गीतले जीवको अगाडी दुइवटा मात्र सिट हुने र ड्राइभरको छेउमा मान्छे बोकेर लाने र तेसलाई धाइ नम्बरको सिट भनिने गरि सब्दमा उल्लेख गरिएको छ । जसको अहिले पोस्टर मात्रै सार्बजानिक गरिएको छ अडियो गीत बजारमा आइसकेको छ जहा एउटा यस्तो टुक्का सुन्न पाइञ्छ ।
जयलाल डागीको यो भन्दा केहि समय पहिले आएको मेरा बाको सम्पती भन्ने गीतले छाडा सब्द भयो भनेर निकै आलोचना खेप्नु परेको थियो उनि आफ्नो सपना पुरा गर्न निरन्तर गीत संगीतमा होमिएका छन् भिडियो मात्रै हैन फिल्ममा खेल्ने सोच रहेको उनले बताउने गरेको पाइञ्छ । गीत जय डागी नामक युटुब च्यानल बाट बजारमा आउने छ भने भिडियोको दृश्य निर्माण जलजला टिभीले गरेको छ भिडियोलाई नेपालगंज र घोराहीका विभिन्न ठाउमा खिचिएको छ ।
“आऊ बस न ओइ बिटैमा धाइ नम्बरको ओइ सिटैमा यहि थोत्रोमा गाडिमा आऊ कान्छी साडीमा लैजाउला गाडिमा” यस्तै यस्तै सब्द समेटेर यो गीत बनेको जानकारी रहेको छ । पाच वटा भन्दा बढि गीतमा मोडेल गरिसकेका र यो भन्दा केहि समय पहिले एउटा गीतमा आवाज भरिसकेका गायक तथा मोडेल जयलाल डागीको लय सब्द र स्वर यो गीतमा रहेको छ भने स्वरमा मनिषा लामिछानेले साथ् दिएकी छन ।
स्टुडियो सोनीकमा रेकड गरिएको यो गीतलाई आर याम सुनारले एरेञ्ज , रेकडिङ्ग र मिक्सिङ्ग गरेका हुन् सोनीक स्टुडियोले थुप्रै अडियो गीतहरु रेकडिङ्ग गरिसकेको छ ।
करिब पाच दर्जन जति भिडियो निर्देसन गरिसकेका र सयौ भिडियोमा खेलिसकेका निर्देसक तथा मोडेल बिरेन्द्र ओलीले यो भिडियो लाई निर्देसन गरेका छन् भने एक दर्जन भन्दा बढी भिडियो हरु खिच्दै आएका र फाइट निर्देसन गर्दै आएका रोजन रोकाले यो भिडियोलाई खिचेका छन् भने भिडियो सम्पादनमा आफुलाई छुटै पहिचान बनाउन सफल भएका चर्चित सम्पादक दिपक बिष्टले यो भिडियोलाई सम्पादन गरेका छन् ।
तिन दर्जन म्युजिक भिडियोमा आफ्नो नृत्य प्रस्तुत गरिसकेकी र मेला महोत्सबमा आफ्ना दमदार डान्स गर्दै आएकी मोडेल तथा डान्सर बिमला थापा मगरले भिडियोमा कोरियोग्राफर गरेकी छन् ।
भिडियोमा राजु सुनार,जयलाल डागी, आशा परियार , बिमला थापा मगर , बर्षा मगर ,बिन्दु बिस्वकर्मा (जलपरी ), भूमिका मगर ,नविना बुढा , अनिता सेन , खुसि खड्का र पबन कुमार घर्ति मगरको दमदार अभिनय रहेको छ भने राजु सुनार र आसा परियारको बिशेष भूमिका रहेको छ राजु सुनार यो भन्दा पहिले पनि एक दर्जन भिडियोमा अभिनय गरि सकेका छन् ।


