घोराही ; नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा हुन लागेको पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेलाको लागि नायक पल शाह,नायिका मिरुना मगर गायिका ज्योति मगर लगायत राष्ट्रिय कलाकारहरु घोराही आउने भएका छन ।
मगर समुदायको पर्वको रुपमा रहेको माघे संक्रान्ती पर्व लाई लक्षित गरि माघ ५ देखि ११ गते सम्म मेलाको आयोजनामा हुन लागेको उक्त मेलामा उनिहरु संगै थुप्रै राष्ट्रिय तथा स्थानीय कलाकार आउन लागेको मेला प्रचारप्रसार संयोजक कैलाश घर्ती मगरले जानकारी दिनुभयो । उहाले मेलामा अन्य कलाकाहरु गायक राजु गुरुङ, चर्चित लोक दोहोरी गायक श्याम राना मगर लोक दोहोरी गायिका टीका सानू, गायक अम्मर रोका गायक राजकुमार वलि तथा भाइरल गित ढले ढलेका गायिका शान्ती रानी परियार गायक चक्र बम , रेशमा पुन बिजय पुन , प्रेम बिबस घर्ती तुलसा घर्ती,बेदलाल पुन ,पार्बती चौधरी रुचा मगर भाइरल बाल गायिका सुरक्षा बाठा राजु गुरुङ मोडेल आरुषी मगर गायिका तथा उदघोषक रुपा घर्ती मोडेल रुबिना अधिकारी हास्य कलाकार ख ब बु चंचल ,हुकुम बाबू वलि ,डान्सर बिमला थापा बर्षा मगर बिनिता पुन अन्जिता घर्ती मगर गाएक टेक बिसि गायक रोशन रत्गैया डान्सर चाहाना मगर सपना चौधरी साकिरा मगर सुरक्षा मगर उदघोषक बाबू रोका गायक गगन मगर भबिराम घर्ती बेदलाल पुन सान अधिकारी बाल गयिका सन्दीप सेन्चुरी बिष्णु सुनार डान्सर सुनिता मगर डान्सर उर्मिला घर्ती मगर लगायतका गायक गायिका डान्सर आउने भएका छन भनी प्रचार प्रसार समितिका संयोजक कैलाश घर्ती मगरले जानकारी दिनु भयो।
घोराही उपमहानगरपालिका १४ स्थित झिगौरामा पर्यटन तथा सांस्कृितक प्रदर्शनी तथा माघे मेलाको तयारी तिब्र रुपले अघि बढेको पनि बटाउनु भएको छ।