
प्रगतिशील टोल बिकास सस्था परिवर्तन २ राङसी रोल्पाको दोस्रो सास्कृतिक महोत्सव हुदै छ ।
यहीँ मिति २०८१/माघ १ र २ गत्तेका दिन परिवर्तन २ राङसी ध्रमशालामा दोस्रो सास्कृतिक कार्यक्रम विभिन्न सास्कृतिक कार्यक्रम गरि मनाउने भएको छ।
टोल स्तरीय पैसरु नाच , टोल स्तरीय आमासमुह नृत्य ,खुल्ला लोक दोहोरी ,खुल्ला एकल नृत्य ,टोल स्तरीय हाजिरीजबाफ, खुल्ला सामुहिक नृत्य र धुनुष बाण हान्ने जस्ता प्रत्योगिता रहेका छन भने साथमा स्थानीय तथा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको बिजोड प्रस्तुति रहने टोल बिकास सस्थाका अध्यक्ष सुरेन्द्र ओलिले जानकारी दिनुभएको छ।
राङसी वडा भर रहेका अन्य टोल भन्दा फरक किसिमको कार्यक्रम गर्न लागेको पनि बताउनु भयो। टोल बिकास सस्था हामीले अब अगाडी बदाउनु पर्छ हामी युबाले अब चलाउनु पर्छ केही गर्न हामी अगाडी बदेका छौ भनी समेत बताउनु भएको छ।
टोलमा रहेका बिकृती बिसङगतीलाई हताउदै सस्कृतिलाइ जगेर्ना गर्दै हामी अगाडी बढेका छौ भनी भन्नु भएको छ ।