पालुथान धार्मिक तथा सास्कृतिक मेला २०८१ दाङ घोराहीमा सम्पन्न

राष्ट्रिय स्तर देखि स्थानीय स्तरसम्मका कलाकार गाएक गाएइका हास्य कलाकार लगायतको उपस्तिथि रहेको थियो भने पालुथान मेला परम्परा देखी लाग्दै आएको भन्ने बताउनु भएको छ ।

स्थानीय बासी तथा टोल बिकास सस्थाले यो मेला आयोजना गरि लगाएको बताउनुभएको छ। मेला पहिले अलि फरक ढंगले लगाउने र अहिले अलि फरक ढंगले लगाएको समेत बताउनुभयो। यो परम्पराकालमा यहाँ पालु भ्यार भन्ने एक नामक भ्यार बाट नामकरण गरेको यहाका स्थानीय बासिले बताउनु भयो भने पालुथान महोत्सवमा हास्य कलाका हुकुम बाबू वलि मङगले बान डान्सर लक्ष्मी गोतामे डान्सर ममता चौधरी क्यारिकेचर सृष्टि बि सि डान्सर शारदा नेपाली गाएक चन्द्र बोहरा खल्नायक मनोज रसाइली लगायतको उपस्तिथि रहेको थियो। उहाँहरुले आफ्नो आफ्नो प्रस्तुति अत्यन्तै रोचक ढंगले प्रस्तुत गर्नुभएको थियो। साथमा स्थानीय कलाकार हरुले आफ्नो आफ्नो रोचक नाच र गित गाउनु भएको थियो।

कार्यक्रममा राजनीतिक दल प्रमुख प्रतिनिधि समाजसेवी बुद्धिजीवी जनप्रतिनिधि लगायतको उपस्तिथि रहेकोथियो भने कार्यक्रम एकदमै रोचक र रोमाञ्च ढंगलेले प्रस्तुत भएर सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०८१ पुष ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस