नमुना बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड परिवर्तन १ कुरेली रोल्पाको पाचौं साधारण सभा सम्पन्न

श्री नमुना बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड परिवर्तन १ कुरेली रोल्पाको पाचौं साधारण सभा सम्पन्न भएको छ ।

सहकारी सस्थाका अध्यक्ष प्रबिन कुमार बुढाको अध्यक्षता बाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथि परिवर्तन गा पा अध्यक्ष सुक ब बुढा रहनुभएको थियो भने बिशिस्ट अतिथिमा निबर्तमान वडा अध्यक्ष बम ब पुन कार्यपालिका सदस्य जुनुकुमारी बुढा वडा सदस्य कामी रोका प्रहरी चौकी कुरेलिका प्रहरी हवल्दार सोभा चौधरी नेकपा माओवादी कुरेलीका पार्टी अध्यक्ष कमारा बुढा दलित प्रतिनिधि जम्बु सुनार रहनुभएको थियो भने कार्यक्रमको सुरुवात देश लाई सम्झिदै राष्ट्रिय गान र सहिद लाई सम्झदै १ मिनेट मौनधारन गरिएको थियो भने १ बर्ष भित्र भरी भएका काम कार्बाहीको प्रतिबेदन पेश गर्दै सेयर सदस्य सुनुकुमारी बुढा मगरले पेश गर्नुभएको थियो भने प्रतिबेदनमा आर्थिक बर्ष २०८०/८१ भरिको आर्थिक र साङगठनिक प्रतिबेदनमा प्रस्तुत गर्दा सर्बप्रथम यसको स्थापना सन १८४४ मा सहकारीको अभियान बेलायत बाट सुरु र २०१० मा नेपालमा आएको थियो २०१३ चैत २० गत्ते पहिलो सहकारीको रुपमा बखान रिन सहकारी चितवन जिल्लामा सुरुभएको थियो भने २०४६ सालमा पहिलो सहकारी ऐन जारी भएको भने अहिले देश भर ५१ लाख भन्दा बढी नेपाली नागरिकहरु सेयर सदस्यमा जोडिएका छन भने त्यस मध्य पनि कुरेलीको खरिबोटमा १५१ सेयर सदस्य रहेका छन जसमा कुरेली सहकारी सस्था बि स २०७३ साल असार १२ गते डिभिजन बन कार्यलयमा दर्ता भएको थियो । यसले कुरेली मा रहेका ७६२ घर धुरी मध्य १३० सेयर सदस्य रहेका छन भने आगामी ३ बर्ष भित्र २२५गरि ३५५ सेयर सदस्य बनाउने निर्णय रहेको थियो।

यसको आर्थिक अबस्था हेर्दा खेरी अहिले बचत ३१११७ रहेको र आमदानी ७९०७१० रहेको छ भने खर्चको विवरण ३ ३८९८३ रहेको छ।यश सस्थाको खुद नाफा ४५१७२६ रहेको छ। र उतकृष्ट बचत गर्ने उतकृष्ट रिनि ,धेरै सेयर लगानी ज्यषठ सेयर सदस्य गरि ४ जना सम्मानित गरिएको छ। भने आफ्नो सुभकामना मन्तव्य राख्दै परिवर्तन गा अध्यक्ष सुक ब बुढाले यसलाई तपाईंहरुले राम्रोसङग सदुपयोग गरेपछि राम्रोसङग चलाएपछि चल्ने र चलाउन नजाने पछि अख्तियर पनि लाग्न सक्ने र कार्बाही समेत हुन सक्ने भन्ने बताउनु भयो भने अहिले परिबर्तन गा पा मा ३ वटा बचत तथा रिन सहकारी रहेको र कुरेलीको बचत तथा सहकारी सस्था कृषि क्षेत्रले अगाडी रहेको बताउनु भयो भने उहाँले कुरेली एक कृषि क्षेत्रमा अगाडी रहेको गर्न चाहे कुरेलिका युबाले सबै गर्न सक्ने बताउनु भएको छ भने बिशिस्ट अतिथि बम ब पुन ले बचत भनेको के को बचत गर्दा के हुन्छ किन गर्ने भन्ने जस्ता भनाइ प्रस्तुत गर्नु भएको थियो।

प्रतिबेदनमा यसका चुनौती रणनीति कार्यबिधी लगायत का कुरा र अन्य मासिक बचत पहिले देखि भएको पेन्सन बचत तथा बाल बचत को समेत कुरा राख्दै अध्यक्षले कार्यक्रमको समापन गर्नु भएको थियो भने सेयर सदस्य पबित्रा बुढा मगरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा प्रतिबेदन बाच्न सेयर सदस्य सुनुकुमारी बुढा मगरले गर्नु भयो भने कार्यक्रमको सहजीकरण सोही सेयरका सचिव जितेन्द्र बुढा मगरले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८१ मङ्सिर ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस