
अब आउँदो सातादेखि नयाँ कमेडी सिरियल ‘गजब छ बा’ प्रसारणमा आउने भएको छ।
ग्रामीण परिवेशमा रहेर बनाइएको ‘गजब छ बा” सिरियल आउँदो सातादेखि दर्शकमाझ ल्याउन लागिएको यस सिरियलका निर्देशक लेखान्त भुसालले बताएका छन् । सिरियलको निर्माण तथा लेखन पनि उनी स्वयंमले गरेका हुन्।
सिरियलमा रामचन्द्र अधिकारी ‘काजी बा’, सविता गुरूङ (ठूली), धर्मराज भट्टराई, मुकुन्द मैनाली, विनम कंडेल, लेखान्त भुसाल, सबिना आचार्य, रमेश बुढामगर, सबिन घिमिरे, बलराम घतानी, अनिल घर्ती, किशनबाबु बस्नेत लगायत कलाकारहरूलाई देख्न पाइनेछ।
निर्देशक भुसालले भने, ‘सिरियल ४ भाग तयार छ। यसलाई हामीले कमेडीसँगै चेतनामूलक पनि बनाएका छौं,’ ।
सिरियलमा शिव विकको छायांकन, सन्दीप चौधरीको सम्पादन रहेनछ। शब्द, संगीत, गायनको काम विनय कार्कीले गरेका छन्। ‘लेखान्त अफिसियल’ नामक युट्युबमा सिरियल प्रसारणमा आउने।
लेखान्त भुसालको अर्को सिरियल ‘लेखान्त’ डेढ वर्षदेखि नियमित प्रसारणमा छ।