सप्तरङ्गी साहित्य समाज लुम्बिनी प्रदेश समितिको चाैँथाे लुम्बिनी गजल महफिल कार्यक्रम सम्पन्न

सप्तरङ्गी साहित्य समाज लुम्बिनी प्रदेश समितिको आयोजनामा २०८१ असाेज १९ गते शनिबार दाङको घाेराहीमा चाैँथाे लुम्बिनी गजल महफिल तथा दुईवटा कृति समीक्षा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

कृष्ण बुढामगरको सभाअधक्ष्य रहेको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार आदरणीय व्यक्ति पुरुषाेत्तम खनाल, विशिष्ट अतिथि घाेउनपा १९ का वडा अध्यक्ष आदरणीय ज्ञान ब रायमाझी ,कृति समीक्षक आदरणीय टीकाराम बस्नेत र नारायण रेग्मी लगायत अन्य अतिथि साथै विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि ज्युहरू साहित्यकार ज्युहरू कृतिकार ज्युहरू पत्रकार शुभचिन्तक ज्युहरू लगाएत उपस्थित रहेको थियो ।

दर्सक हरुको गरिमामय उपस्थितिकाे कारणले गर्दानै चाैंथाे लुम्बिनी गजल महफिल २०८१ र कृति समीक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न आयोजक सफल रहेको थियो ।

प्रमुख अतिथि विशिष्ट अतिथि हरुले आफ्नो आफ्नो अभिव्यक्ति ब्यक्त गर्नु भएको थियो भने कार्यक्रम संचालक महफिल सहजकर्ता संस्थाका उपाध्यक्ष विजय खड्का गगनले गर्नु भएको थियो।

महफिलका आकर्षकहरूमा दाङका गजलकार प्रतीक संग्रामी, राेल्पाकी गजलकार दिल कुमारी बुढामगर,रुकुम पश्चिमका गजलकार जि एम दिपेन्द्र,अर्घाखाँचीकाे माटोमा जन्मिएकी नव उदयमान गजलकार सीता मुस्कान,डाेटीका गजलकार कमल निश्चल ले गजल बाचन गरेका थिए ।

कार्यक्रमलाई व्यबस्थित र अपेक्षाकृत तवरले सम्पन्न गर्नका लागि यस कार्यक्रमलाई सह प्रायाेजन गरि कार्यक्रमकाे मेरुदण्ड सावित हुनु भएका मन बहादुर पुन र चुमन रासकाेटी प्रति आयोजक हार्दिक नमन व्यक्त गरेको थियो ।

उत्साहजनक उपस्थिति र साथ सहयोगकाे लागि फेरि पनि आयोजक धन्यवाद ज्ञापन गर्दै आउँदै गरेको विजयादशमी दिपावली तथा छठपर्वकाे शुभकामना समेत व्यक्त गरेको छ भने कार्यक्रमको स्वागत मन्तव्य संस्थाका काेषाध्यक्ष विक्रम वलीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८१ असोज २० गते आइतवार
प्रतिक्रिया दिनुहोस