मन्जित पहाडीको सब्द,भावना मगर र कुशल बिश्वोकर्माको स्वरमा रहेको “आशु बिक्ने सहर छैन” गीतले पायो दश लाख भ्युज

भर्खरै बजारमा धेरै गीतहरु चलिरहेको छन् , यसै बिचमा मन्जित पहाडीको युटुब च्यानल बाट लोक गीत ‘‘आसु बिक्ने सहर छैन ‘‘ बजारमा आएको थियो जुन गीतलाई अहिले दस लाख दर्सकले हेरेका छन् ।

“आशु बिक्ने सहर छैन खुसि किन्ने बजार छैन मत आशुको तलाउमा पौडिएको मान्छे “ यस्तै मायामा धोका खाएको सब्द बोकेर गीत बजारमा आएको हो ।

कुशल बिश्वोकर्मा र भावना मगरको स्वरमा रहेको गीतमा मन्जित पहाडीको सब्द र अनिस दवाडीको संगीत रहेको छ भने पूर्ण संयोगको म्युजिक एरेन्ज रहेको छ । यो गीतलाई गोबिन्द पराजुलीले रेकर्डिङ्ग गरेका हुन्,भने खडक बाजुरालीले मिक्सिंग गरेका हुन् गीतलाई मालश्री स्टुडियोमा रेकर्ड गरिएको थियो ।

निशान बानियाको निर्देसनमा रहेको भिडियोलाई राम केसीको टिमले खिचेको थियो भने सुजन कोरालाको कलर सम्पादन रहेको छ ।

भिडियोमा आसिर प्रताप जंग, रिना गुरुङ र मन्जित पहाडीको दमदार अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

प्रकाशित मिति : २०८१ भाद्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस