मौलिक तीजगीत ‘माइत किन नगा’को’ सार्वजनिक

काठमाडौं,

नेपालको संगीत बजारमा पछिल्लो समय तीज गीतहरु प्रसस्त मात्रामा सार्वजनिक भैरहेका छन् । यस भित्र व्यसायिकताको नाममा धेरै गीत विकृतिजन्य स्वरुपमा सार्वजनिक भैरहेका छन् ।

यस्ता किसिमका कामहरुले भावी पुस्ताहरुलाई मौलिक तीज गीत कस्तो हुन्छ भन्ने किसिमका जानकारी दिन नसकिएला भन्ने चिन्तन र मननले भर्खरै मात्र काव्य म्युजिक प्रालिले “माइत किन नागको” बोलको गीत सार्वजनिक गरेको छ ।

बुष्ट गरेर गीतको चर्चा अत्याधिक भएको छ भन्ने देखाउन धेरै कलाकारहरु अहिले तछाड मछाड गरिरहेका छन् । यस्तो अवस्थामा काव्य म्युजिक प्रालिका निर्देशन रमेश श्रेष्ठले भने यस गीतलाई 0 सब्स्क्राइब् भएको युट्युब च्यानल बाट डिजिटल बजारमा बेच्न सुरु गरेका हुन् । उनि भन्छन्, थोरै मात्रामा भ्युज गएता पनि हामीले सार्वजनिक गरेको गीतले राम्रो सफलता प्राप्त गरेको छ ।

किन की एक नयाँ च्यानलबाट यत्तिको भ्युज जानु भनेको हाम्रा लागी खुसीको कुरा हो । त्यसमाथि पनि हामीले गीतलाई तडकभडक नगरी शिष्ट ढङ्गबाट तयार पारेका छौं । प्रस्तुत गीतमा लय बिष्णु तामाङ्गको रहेको छ भने शब्द सुजिता आचार्यको रहेको छ । निकै कर्णप्रिय स्वादमा तयार भएको गीतलाई सुजिता आचार्य, प्रतिमा के सी र सुशिला विष्टले स्वर भरेका छन् ।

एक चेलीका पिंडादायिक कथामा तयार भएको “माइत किन नगाको” बोलको गीतको म्युजिक भिडियोमा समिक्षा पौडेल, रामकृष्ण प्रजापति,राजु बोहरा, अन्जु पौडेल तिवारी, देबकी बन्जारा, सबिना दंगाल, बिमला दाहाल, मन्जु, सम्झना र साथीहरुको अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन रमेश श्रेष्ठले गरेका हुन् भने छायांकन तथा सम्पादन राजु बोहराले गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।

प्रकाशित मिति : २०८१ साउन २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस