नेपाल आईडल सिजन – ५ का बिजेता बिनोद राईको “जिन्दगी हो खेल जस्तै” सार्वजनिक

काठमाडौं,

नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा नेपाल आईडल सिजन – ५ का बिजेता बिनोद राईको नयाँ गीत “जिन्दगी हो खेल जस्तै” सार्वजनिक भएके छ ।

यस गीतमा बिनोद राईको स्वर रहेको छ भने दिपेन्द्र अधिकारीको शब्द, राज कुमार बगरको संगीत रहेको छ । भिडियोमा बिरेन्द्र भाट बिपिनको निर्देशन रहेको छ भने अजय रेग्मीको छायांकन, लोकेश भाटको सह सम्पादन, बिरेन्द्र भाट बिपिनको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा रिचा थापा, बिनोद राई, राजेन्द्र शर्मा, अर्जुन कुँवर, रश्मी आचार्य, सन्तोष कुँवर, नवराज बडुवाल, सुरज भुसाल आदीको अभिनय रहेको छ । यस गीतलाई डि.ए. क्रियशन युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् भिडियो ।

प्रकाशित मिति : २०८१ असार १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस