कृष् क्षेत्रीको “सिस्ने हिमाल २” जाले रुमाल गीत बजारमा “भिडियो सहित”

“सिस्ने हिमाल २” जाले रुमाल गीत बजारमा आएको छ लोक दोहोरि गीत हरु बजारमा आउदै गर्दा सबैलाई नचाउने खालको अनि रुकुमको सिस्ने हिमाललाई समेटेर यो गीत बजारमा आएको हो ।

सिस्ने हिमाल २ जाले रुमालमा कृष् क्षेत्री ,देबी बस्नेत ,घनश्याम परियार ,निर्मला बस्नेत ,हुमेस भण्डारी ,सरस्वति ठकुरी ,देबेन्द्र बिश्वकर्मा र गोमा नेपालीको स्वर रहेको गीतलाई सब्द संगीत भने कृष् क्षेत्रीले गरेका हुन् भने म्युजिक एरेन्ज खेमराज गौतमले गरेका हुन् ।

शंकरा स्टुडियोमा रेकडिङ्ग भएको गीतलाइ सागर पुनले रेकडिङ्ग र कुमार सानु पुनले मिक्सिंग गरेका हुन् यो गीत कृष् क्षेत्रीको आफ्नै युटुब च्यानल बाट बजारमा आएको छ ।

तिलक शाहीको निर्देसन,सरोज शाहीको क्यामरा बाट तयार भएको भिडियोलाइ राज कुमार मगरको कलर सम्पादन रहेको छ भने दुर्गेश थापाको सह सम्पादन रहेको भिडियोलाई राकेश रनपालको मेकअप रहेको छ ।

भिडियोमा ममता राना मागर, तिलक ठकुरी, प्रकाश सोनी, दुर्गा बुढाथोकी, कुल बहादुर ओलीको दमदार अभिनय रहेको छ भने बाल कलाकार रोहिणी चन्द ठकुरी रहेकी छिन ।

हेर्नुहोस भिडियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस