
नेपाली गीत संगीत बजारमा आउने क्रममा मौलिक पन्चेबाज गित “पालि खरैको” बजारमा आएको छ। यस गीतमा शान्ति श्री परियार र टंक खड्काले स्वर दिएका छन् भने यस गीतमा सब्द राजेश भण्डारी र संगीत नन्दु परियारको रहेको छ ।
ओजन स्टुडियोमा रेकडिङ्ग भएको गीतलाई सुनिल परियारले संगीत सयोजन र बिनोद परियारले रेकड गरेका हुन् गीत टंक खड्काको आफ्नै अफिसियल युटुब च्यानल बाट बजारमा आएको छ ।
बिहेको झल्को दिने यो मौलिक गीतमा निर्देसन तथा परिकल्पना राजेश भण्डारीको रहेको छ भने बिजय पोखरेलले छायाकन गरेको यो भिडियोलाई सुजन कोइरालाले सम्पादन गरेका छन् भने मुना भण्डारीको मेकअप रहेको छ ।
भिडियोमा एमटी महर, राजेश भण्डारी,श्रीस्ठी बिस्वकर्मा,सपना मगर,सुप्रिमा श्रेष्ठ र अनु आर जिको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस गीतको पुरा भिडियो ।
प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार