नेपालि गीत संगीतमा निरन्तर लागिरहेकी संगीता अहिले निरन्तर लागिरहेकी छन् पछिल्लो समयमा उनको पोल्ला आशुले गीत चर्चामा रहेको छ।
अहिलेसम्म तीन दर्जन भन्दा बढी गीत बजारमा ल्याइसकेकी संगीता पौडेल लोकगायिका र रचनाकार हुन । बाल्यकालदेखि गीत -संगीतमा रुचि राख्ने अहिलेकी सक्रिय गायिका संगीता पौड्यालले २० ७१ सालबाट औपचारिक रूपमा नेपाली सांगीतिक बजारमा उपस्थिती जनाएकी हुन ।
उनले २०७१ सालमा बजारमा ल्याएको `डुबेकी छु आँशु भेलैमा ´ बोलको गीत संगीतप्रेमीहरूले अधिक रुचाए । इन्द्र जिसी र संगिताको स्वर रहेको यो गीत वियोगान्त भावमा सिर्जित छ । यस गीतमा गायिका संगीतालाइ लयमा इन्द्र जिसीको साथ दिएका छ्न ।
गायिका पौडयाल किचनास बिरुवा गाउँ पालिका तारेपहरामा जन्मेकी हुन । घर गोपाले किचनास हो भने आफैले बनाएको घर नवलपरासी बर्दघाटमा छ गायिका संगिताको । कर्मको सिलसिलामा हाल काठमाडौं बसाइँ गरिरहेकी संगीतालाई गीत- संगीतको गहिरो लत बसेको छ ।
सानै उमेरदेखी गाउँने र नाटकहरूसमेत अभिनय गर्ने संगीताले धेरै अग्रज कलाकारहरुसँग काम गरिसकेकी छिन । भन्छिन – `धेरै गीतमा आफैंले लय , शब्द बनाएर आवाज दिएकी छु । गीतहरूमा सकेसम्म राम्रो गर्न खोजेको छु । साधनाले उत्कृष्ट काम गर्न सकिन्छ भन्ने लाग्छ ।
´
पहिलो गीत ` डुबेकी छु आँशु भेलैमा ´ देखी हालसम्म आउँदा उनले यो क्षेत्रको धेरै घामपानी भोगेकी छिन । ७२ सालमा भुकम्पको समयमा समेत एकल प्रयास संगीताले गीत बजारमा ल्याइन । संगीताकै लय , शब्द र आवाजमा बजारमा आएको गीत चर्चा कमाउन सफल भयो।
उनले नेपाली सांगीतिक आकाशका थुप्रै कलाकारहरुसँग लय, शब्द बनाएर आवाज दिएकी छिन । जस्तो `जाडो भए पछ्यौरी तान्न ´ गीतमा शब्द अर्जुन आभास सेन्चुरीको छ । जसमा संगिताले आवाज दिएकी छिन । यस गीतमा खेम सेन्चुरीले आवाज पनि दिएका छन । यो गीत बजारमा निकै नै चल्यो पनि । सायद गुणस्तरमा कुनै सम्झौता नभएकोले पनि गीत व्यापक चलेको हुनसक्छ ।
संगीताले `बस्ती स्याङ्जाको´ गीत पनि बजारमा ल्याएकी ल्याइन । उनको आफ्नै शब्द ,लय र आवाज रहेको यस गीतमा चर्चित गायिका पशुपति शर्माले पनि आवाज भरेका छ्न । गायिका पौडेलले अर्का लोकप्रिय गायक बद्री पंगेनीसँग पनि स्वर भरेकी छिन ।
अर्को गीत हो `बिछोड हुने हो ´भन्ने गीत बजारमा आएको छ । संगीताकै शब्द ,लय, आवाज रहेको यस गीतमा आवाजमा रमेश बिक्रमले संगीताले साथ दिएकी छिन । हामीसँग गायिका संगीता भन्छिन – ` राष्ट्रिय जीवनमा उचाई बनाइसकेका धेरै कलाकारसँग निरन्तर गीत गाइरहन पाउँदा भाग्यमानी ठानेकी छु । यस्तो सौभाग्य कमै गायक / गायिकाले पाउँछन ।´
उनले तिजको गीत पनि गाएकी छिन । संगीताको आवाजमा शब्द , लय पनि रहेको ` छोरीको बेदना गीत बजारमा आएको छ । देउसीभैलोका गीतहरुमा समेत हामीले गायिका संगिता पौडयालको स्वर सुन्न सक्छौ ।
थुप्रै तिजका गीतहरु गाएकी संगीताले तिजका गीतमा पनि थुप्रै कलाकारहरुहरुसँग सहकार्य गरेकी छिन। अहिले बजारमा आएको `पोल्ला मेरा आँशुले´ गीतमा संगीताकै शब्द ,लय र आवाज रहेको छ ।
लोकसंगित जीवन्त प्रतिभा कलाकार राजु परियारसँग आवाजको सहकार्य गर्न पाउदा संगीता फुरुङ्ग भएकी छिन । उनले गाएका अधिकांश गीतमा गायिका संगीता पौडयालकै लय , शब्द र स्वर रहेको छ । पुरुष स्वरमा उनले राष्ट्रिय स्तरमा नाम चलेका कलाकारहरूसँग सहकार्य गर्ने मौका पाएकी छिन ।
अहिले धेरै जना दर्शकको मन मुटुमा बस्न सफल छिन लोकगायिका संगीता पौडयाल । गीत संगीतले कमाएको सफलता नै उनको वास्तविक कमाइ हो । उनले यो क्षेत्रमा यति धेरै योगदान दिएपनि समाजमा उनले पाउनुपर्ने प्रशंसा भने पाउन बाँकी छ । उनका गीत धेरै श्रोता सुनेपनी गायिकाको रुपमा जुन चर्चा हुनुपर्ने हो त्यो उनले पाउन बाँकी नै छ ।
हेरौ उनले गाएको गीतको एक भिडियो।