“राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघ” को “पाँचौ साधारण सभा, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम” सम्पन्न

दोहोरी साँझहरुको छाता संगठन “राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघ” को “पाँचौ साधारण सभा, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम – २०८०” नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री माननीय नारायण काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा सोही संस्थाका अध्यक्ष गुणराज खनालको अध्यक्षता रहेको थियो ।

कार्यक्रममको सञ्चालन महासचिव भिम श्रेष्ठले गरेका थिए । “पाँचौ साधारण सभा, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम – २०८०” को अवसरमा गोर्खा ब्रुअरी टुवोर्ग बियरलाई र सक्रिय सदस्य दिलु सलामी मगरलाई सम्मान गरिएको थियो । “पाँचौ साधारण सभा, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम – २०८०” नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री माननीय नारायण काजी श्रेष्ठले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष दिपसागर थापा मगरले स्वागत मन्तब्य राखेका थिए । उपप्रधानमन्त्री तथा गृहमन्त्री माननीय नारायण काजी श्रेष्ठले कार्यक्रमलाई सफलताको शुभकामना दिदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । साथै ईजरायलमा ज्यान गुमाएकाहरु प्रती श्रद्धाञ्जली अर्पण गर्दै घाईतेहरुलाई तुरुन्त सहयोग गर्ने र मृतकहरुका परिवारलाई नेपाल सरकारले केही सहयोग गर्ने कुरा प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : २०८० असोज २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस