काठमाडौं,
संगीत रोयल्टी संकलन समाज नेपालको “१४ औं वार्षिक साधारण सभा” यही असोज २० गतेका दिन नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौंमा भब्य रुपमा सम्पन्न भएको थियो । संगीत रोयल्टी संकलन समाज नेपालको “१४ औं वार्षिक साधारण सभा” बाट ११ जना निर्वाचित भएका थिए । “१४ औं वार्षिक साधारण सभा” पश्चात असोज २२ गतेका दिन बसेको पहिलो पूर्ण बैठकले बिभिन्न पदिय जिम्मेवारीलाई पूर्णता दिएको छ ।
संगीत रोयल्टी संकलन समाज नेपालको बिधानमा अध्यक्ष पद बाहेक अन्य पदाधिकारी निर्वाचित भईसके पश्चात पदिय जिम्मेवारी बाडफाड गर्दै उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र अन्य पद तथा जिम्मेवारहरु प्रदान गर्ने नियम उल्लेख छ । सोही अनुरुप पहिलो पुर्ण बैठकले अध्यक्षमा सुरेश अधिकारी, उपाध्यक्षमा चन्द्र शर्मा, महासचिवमा बि पाण्डे, कोषाध्यक्षमा पि.एन. सापकोटा चयन भएका छन् ।
सदस्यहरु शिरीष देवकोटाले (प्रवक्ता), सुवास रेग्मीले (सङ्गित रोयल्टी न्यायिक व्यवस्थापन बिभाग), बसन्त सापकोटाले (बिदेश समन्वय बिभाग), सुजन लम्सालले (सङ्गित रोयल्टी बितरण ब्यवस्थापन बिभाग), रामु खड्काले (सदस्य बिस्तार तथा छानबिन बिभाग), प्रसाद लामिछानेले (डिजिटल डाटा ब्यवस्थापन बिभाग), प्रमोद ढुङ्गानाले (लेखा प्रशासन अनुगमन तथा सङ्घ सस्था समन्वय बिभाग) आदीको जिम्मेवारी पाएका छन् । निर्वाचित एबं पदिय जिम्मेवारी पाउनुहुने पदाधिकारीहरुलाई हाम्रो तर्फबाट हार्दिक बधाई एबं सफल कार्यकालको शुभकामना ।