डम् प्रकाश पुनको आवाजमा “लाहुरे हुन सकिन” बजारमा

गायिका मुस्कान मगर र र गायक डम् प्रकाश पुनको आवाजमा “लाहुरे हुन सकिन” बोलको गीत सार्वजनिक भएको छ । मुस्कान मगरको शब्द तथा सुमधुर संगीतमा तयार भएको गीतको संगीत संयोजन जुजु गुरुंगले गरेका हुन् ।

स्थाई डिजीटलमा रेकर्ड गरिएको उक्त गीतको भिडियोलाई दिनेश मुस्कानले निर्देशन गरेका हुन् ।अन्जु सुनार,तारा पुन,सुरज बिस्वकर्मा र अमन बहादुर एकलको अभिनय रहेको सो गीतको भिडियोलाई बिरेन्द्र परियारले खिचेका हुन् ।

दिनेश मुस्कानले भिडियो सम्पादन गरेको उक्त गीतलाई डम् प्रकाश पुनको युटुब च्यानलबाट दर्शक श्रोता माझ ल्याइएको छ ।

हेर्नुहोस भिडियो ।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस