लोकप्रिय गायिका शान्ति श्री परियार र गायक होमनाथ कुवरको आवाजमा ‘खै खै लक्ष्मी पोइल गइ’ बोलको गीत सार्वजनिक भएको छ । लिला नेपालीको शब्द र बिसाल सोनीको संगीतमा तयार भएको गीतको संगीत संयोजन याम थापा मगरले गरेका हुन् ।
ओन डीबी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियोलाई जेरी भण्डारीले निर्देशन गरेका हुन् । गायक तथा मोडल अर्जुन सापकोटा र मोडल नारायणी खत्री,संचिता बोलाखे र बिसाल सोनीको अभिनय रहेको सो गीतको भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् ।
राजकुमार मगरले भिडियो सम्पादन गरेको उक्त गीतलाई बिष्णु कुवरको युटुब च्यानलबाट दर्शक श्रोता माझ ल्याइएको छ ।
भिडियो हेर्नुहोस्
प्रकाशित मिति : २०८० असोज १० गते बुधवार