
गायिका भूमिका शाहको दर्जनौ एल्बमहरु बजारमा आएका छन् प्राय तीज गीतलाई आफुले एल्बममा समेटेको पाइञ्छ उनको उनि मेहनेती र देश बिदेसमा समेत आफ्नो राम्रो छबि बनाएकी गायिका हुन् । पन्द्र पुगी सोह्र,खोटांगको रोधीघर,धनीयाको चटनी,है या बुढा,रेलको साचो,संगै मरौला,जस्तो सुकै र भेट भाको बेलैमा लगाएत दर्जनौ दर्जन गीतमा आफ्नो स्वर भरि सकेकी भूमिका शाह अझै पनि गीत संगीतमै सक्रिय छन् ।
यसै बिचमा भखरै लन्डनमा आफ्नो सांगीतिक कार्यक्रम सकेर नेपाल आएकी उनि आफ्नो केहि मनमा लागेका कुरा आफ्नो फेसबुकमा पोस्ट गर्दै प्रतिकिया जनाएकी छन् हेरौ गायिका भूमिका शाहको पोस्ट :
एउटा समाज सेवि गायिका को नाताले बोल्न मन लाग्यो प्रसङ्ग स्याङ्जा समाज बेलायत को सास्कृतिक कार्यक्रम का लागि बेलायत पुगेकी नानू गुरुङ बेलायत मै लुकिन भन्ने समाचार आइरहदा नराम्रो लाग्यो !हुनत समाजको आफ्नै नीति नियम,आफ्नै जिम्मेवारी हुन्छ!तेहि अनुरुप सस्थाको भनाइ अनुसार चल्दा राम्रो हुन्छ!नेपाल बाट जाने कलाकार हरु पनि आफ्नो मान मर्यादा भित्र बस्न जरुरी देख्दछु!र अर्को कुरा हो बिदेश बस्ने नेपालीहरुले नेपाली गीत संगीत नेपाली भाषा सस्कृती लाई जोगाउन आ- आफ्नो ठाँउ विशेष को कला सस्कृतिको श्रीबृदी का लागि संघ सस्था खोलेर राम्रो त अबस्य गरिराख्नु भाको छ !तर त्यस मर्यादा लाई अलि निभाउन नसकेको होकि जस्तो मेरो विचारमा लागेको छ !हो कलाकार देशको सम्पत्ति हुन!नया पिडि आउनुपर्छ नयाँ लाई उत्साह दिनु पर्छ !तर कलाकार गै सके पछि आफ्नो कलाकारहरुले सामाजिक मूल्य मान्यतालाई नि शिरोभर गर्नु पर्ने हुन्छ!अब संघ सस्थाले कलाकार लादा ध्यान दिनु पर्ने कुराहरू कम्तीमा को कलाकार कस्तो त्यो कलाकार को योगदान समाज का लागि के कस्तो छ कति संघर्ष गरेको छ!भन्ने कुरा थाहा पाउनु जरुरी हुन्छ !साथै कम्तीमा पनि १०’१५ वटा आफ्नो यल्बम मा आफ्नो आवज भरेको हुनुपर्ने !चाहे त्यो चलोस नचलोस यो हेर्नू जरुरी देख्छु !कार्यक्रम मा आफ्ना गीत गाउन लाउने अरुको गीत गाउन नदिने असली कलाकार लगानी गरेर चुपचाप बसेको अबस्थामा उहाँकै गीत बाट लाखौं कमाएर आकाछन यस्तो प्रवृत्ति लाई बन्द गरि यसो गर्दा सम्पुर्ण कलाकार को हित हुनेथियो !यति गरियो भने यस्तो समाचार लेख्न अनि सुन्न पर्नेथेन!
नानू गुरुङ को इण्टेन्सन त्यस्तो गलत नहोला तर हजुर समाजको मान मर्यादा लाई आत्मसात गरि फर्किदै राम्रो हुन्छ !
मेरो कुरा जयाज नलाग्न सक्छ तर यो यथार्थ हो कसैले नराम्रो नसोचिदिनुहोला!जय गीत जय नेपाली संगीत !!