
नेपालि गीत संगीतलाइ मन नपराउने मान्छे सायत कमै भेटिन्छन होला आफ्नो ब्यबसाय संगै गीत संगीतमा लाग्ने व्यती हुन् टंक खड्का उनि पछिल्लो समयमा निकै ब्यस्त भेटिन्छन ।
आखाभरि आशु र पाच दिन भात खादिन लगाएत अन्य धेरै गीतमा आफ्नो स्वर भरि सकेका टंक खड्का फेरी पनि अन्य गीत बजारमा ल्याउने तयारीमा छन्। छोटो समयमा उनि लोकप्रिय बन्दै गएका छन् भने केहि स्टेज कार्यक्रममा पनि उने गीत गाइरहेका छन् ।
रोल्पामा जन्मिएका टंक खड्का पछिल्लो समय गीत संगीतमा निकै व्यस्त देखिन्छन् । आफूलाई सानो उमेर देखि नै लोकगीत निकै मनपर्ने बताउने टंक अहिले भने आफै सब्द , संगीत संगै गीत पनि गाउदै आइरहेका छन् । पहिले देखिनै गीत गाउने इच्छा चाहाना भएपनि आफू गाउँमा जन्मेको हुर्केको हुँदा केही समस्या भएको उनी बताउछन्।
अहिले भने आफू गीत संगीत प्रति केहि गर्नु पर्छ भने सोचका साथ आफूले बजारमा नयाँ केही गीतहरु ल्याइ रहेको र केहि गीत आउने तयारीमा रहेको पनि उनले बताउछन् ।
हेरौ टंक खड्काको एक गीत संगै म्युजिक भिडियो ।