काठमाडौं,
आजको विश्व परिस्थितिलाई हेर्दा सारै उदेक लाग्दो छ। सामाजिक समस्याले जताततै अशान्ति छाएको छ। कतै युद्ध, कतै प्राकृतिक विपत्ति, मानव लोकमा अनिष्ट छाएको जस्तो वातावरण बन्न पुगेको छ। हाम्रो आउने दिनहरू सजिलो हुने वाला पक्कै पनि छैन। यो कुरामा हामी अहिले नै प्रस्ट हुन जरुरी छ। किनकि, विश्व शक्तिमा फेर बदलाव हुँदै गरेको देख्न सकिन्छ।
अबको दिनमा विश्व बहुध्रुवी शक्ति केन्द्रहरू स्थापना हुँदै जाने छ। जुन मध्ये केही एसियाली मुलुकहरू हुने छन्। यती भई रहँदा हाम्रो देश के हुने हो, बिचार गर्नु पर्ने दिन आएको छ।
यहाँहरू सोच्नु होला अब एसियाली मुलुकहरू अश्वशक्ति हुन कसरी सम्भव छरु सुरु गरौँ, रुस र युक्रेन युद्धबाट जहाँ धनजनको मात्र हैन कि युरोपको आर्थिक अवस्थालाई पनि क्षति पुरै कमजोर बनाएको छ। अझ नभै रुस माथि लगाइएको आर्थिक नाकाबन्दीले कसैलाई बढी असर परेको छ भने त्यो युरोपलाई छ। युरोपको अर्थतन्त्रमा ठुलो हिस्सा रहेको जर्मनी देखि फ्रान्स जस्तो राष्ट्रहरू महँगाइको मारमा परिरहेका छन्। अति आवश्यक सेवाहरू देखि दैनिक उपभोग्य सामानहरूको भाउ आकासिएको छ।
यो बिचमा उनीहरूले उपभोग गर्ने सस्तो रुसी इन्धनमा आर्थिक बन्देज लगाइयो। वैकल्पिक स्रोतबाट आयात गर्दा महँगो पर्न आयो। यसको कारण अन्त्यमा आएर, उनीहरूले उत्पादन गर्ने बस्तुको भाउ पनि बढेको बढेकै छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुँदै गएको छ।
रसियाको इन्धन जापान, चाइना, भारत, साउदीले जस्ता ठुला ठुला अर्थतन्त्र भएका देशले उपभोग रहेका छन्। रसियालाई व्यापारमा केही खासै असर परेको छैन। युद्ध लड्दा पनि उनको ग्राहस्थ उत्पादन २ प्रतिशत छ। तर जर्मनीको जम्मा ०।२ प्रतिशतमा पुगिसक्यो। । भारत र चीनले सस्तो मूल्यमा इन्धन पाएकै कारणले पनि आफ्नो अर्थतन्त्रलाई मजबुत बनाएर उनीहरूको कुल ग्राहस्थ उत्पादन विश्व कै अग्रस्थानमा छ। यही क्रम हुँदै जाने हो भने भारतले जर्मनीलाई आर्थिक दौडमा सजिलै अनुमान लगाउन सकिन्छ।
युरोपेली मुलुकहरूको आर्थिक अवस्था दिन प्रतिदिन नाजुक हुंदैछ। युरोपेली सामान अनुपातमा, भारतीय, चिनिया सामान सस्तो हुन थाले पछि युरोपले घाटा बेहोरिरहेको छ। कमाइ कम र खर्चको अनुपात बढ्दै गएको छ। २०२३ पहिलो त्रैमासिकमा फ्रान्सको कुल ग्राहस्थ उत्पादन एक प्रतिशत पनि पुगेको छैन।
युरोपमा फेरि जाडो मौसम आउँदै छ। त्यो बेलामा उनीहरूको इन्धनको खर्च झन् वृद्धि हुने छ। यसले फेरि महँगाइ बढाउँछ। यो सबैको बिच फ्रान्समा देखिएको अस्थिरता अरू ठाउँमा पनि झल्कन थालेको देखिन्छ। सामाजिक अस्थिरता बिच धार्मिक आस्थामा प्रहार हुन थालेको छ। कुरान जलाउने घटना दोहोरिन थालेको हामी त्यहाँको स्थानीय समाचारहरू हेर्दा देख्न सकिन्छ। यो युद्धमा युरोपेली मुलुकहरूले निकै नै महँगो मूल्य चुकाउनु पर्ने देखिन्छ। यो युद्ध जति लम्बिएर जान्छ त्यति नै युरोपमा आर्थिक सङ्कटले गर्दा सामाजिक सङ्कट निम्त्याउने खतरा देखिन्छ।
रुस अहिले पूर्वी युक्रेनमा मात्र सीमित रहेको अवस्थालाई हेर्दा, यो एउटा युद्ध रणनीति जस्तो लाग्छ थालेको छ। युद्धमा लाग्ने जनस्रोत र आर्थिक स्रोतले पनि युद्धको भविष्य निर्धारण गर्छ। त्यसैले उसले सानो ठाउँ लिएर बस्ने र त्यो ठाउँको गहिरो पकड जमाउने क्रममा छ। युक्रेनले आफ्नो गुमेको भूमि जसरी पनि लिन खोज्छ भन्ने कुरामा पुटिन विश्वस्त छ। जसरी, बितेका १६÷१७ महिनामा युक्रेन, नेटो लगायत अन्य देशहरूले कति स्रोत खर्चिए तरु अमेरिकाले नै अब अरू दिने छैन भन्दै प्रतिबन्धित हतियार दिन थालेको छ। यदि अहिले धेरै ठुलो भूभाग रुसले ओगटेको भए रुसको पनि खर्च अहिलेको भन्दा धेरै हुने थियो। आज रुस आफ्नो हासिल गरेको इलाकाहरू मारिययोपोल जस्ता सहरहरू पुन निर्माण गर्दै छ। त्यहाँका बासिन्दाहरूले सामाजिक सञ्जालमा राखेका भिडियोमा हेर्न सकिन्छ।
यसै बिच युक्रेनले महिनौँ खर्चेर प्रतिरक्षात्मक कारबाहीमा केही ठोस सफलता प्राप्त गर्ला जस्तो देखिँदैन। अमेरिकी, बेलायती, जर्मनीले हतियारहरूले पनि केही उपलब्धि दिलाउन सकेन। रुसले भने नेटो सैनिक रहेको स्थान जस्ता संवेदनशील स्थानहरूमा छेपियाश्र प्रहार गरी नष्ट पारेका छन्। बेलारुसमा आणविक हतियार र वागनरका पच्चीस हजार सेना तैनाथ गर्न रुस सफल भएको छ। वागनर सेना जो बितेका पन्ध्र सोह्र महिना युद्ध गरेर पोख्त भएकाहरुले बेलारुसी सेनालाई प्रशिक्षण गर्दै छन्। रणभूमिमा रुस बलियो सँग स्थापित भएको देखिन्छ।
रुस भित्र आर्थिक रूपमा खासै त्यस्तो केही छैन किनकि बितेका ३० वर्षमा पश्चिमेली मुलुकले यति धेरै आर्थिक प्रतिबन्ध लगाउँदा लगाउँदै पनि आज यहाँ सम्म आएर लडाइ लडिरहेको छ। यो कुनै साधारण नेतृत्वबाट सम्भव नहुने कुरा हो। त्यसैले पनि धेरै कुरा बुझन् सकिन्छ। गुगल कम्पनीका पूर्व प्रमुख एरिक सकमिथले सि।एन।एन को एक अन्तर्वार्तामा भनेका छन् कि रुसी सेनाले दैनिक साठी हजार वटा आर्टिलेरी प्रहार गरिरहेका छन्। जब कि नेटोले महिनामा पाँच हजार वटा मात्र उत्पादन हुन सक्छ। यो अङ्क हेर्दा लाग्छ कि पुटिनले यसको लागि धेरै अघि देखि पूर्व तयारी गरी रहेको थिए। रुसलाई आर्थिक प्रतिबन्धले खोक्रो बनाउने भन्दा झन् मजबुत बनाएको छ। यो वर्ष उसले अर्को ३० वटा समुद्री युद्धपोतहरु थप्दै छ। अफ्रीकी मुलुकहरूलाई खाद्यान्न सहयोग गर्न थालेका छन् र अफ्रीकी देशहरूको ऋण मिनाहा गरिदिएको छ।
बिस्तारै पश्चिमेली समाज पनि विभाजित हुँदै छ। क्यानडामा प्रधानमन्त्री जस्टिन टुडरलाइ जनताले सार्वजनिक कार्यक्रममा गाली गरी रहेका छन्। अमेरिकीहरू आफ्नो देशमा नागरिकहरूले राम्रो स्वास्थ्य उपचार पाउन सकका छैन, युक्रेनलाई किन हामी पैसा दिने भन्ने थालेका छ। हंगेरीले युक्रेनलाई नेटोमा नल्याउन आफ्नो भिटोसम्म चलाउने निर्णय गर्ने कुरा गर्दैछन। जर्मनीमा जनशक्ति अभाव देखिन थालेको छ। उता पोल्यान्ड परे युक्रेनको केही भाग आफै लिने कुरा गर्दै छ। आफ्रीकी मुलुक चाड, निइजिर, माली, गिन्नी, बुर्किना फासोहरुले अब फ्रान्सेली प्रान्त बन्ने भनेर घोषणा गरे। यी ठाउँहरूमा सैन्य ‘कु’ भएर फ्रान्सलाई नै प्रतिबन्ध लगाउने थालेको छ। तर ती सबै सैन्य ‘कु’ हरूलाई जनताले साथ दिए। यी सबैका बिच युद्ध लम्बिँदै जाने हो भने, सामाजिक आर्थिक चपेटामा परेर पहिले ढल्ने युरोप हुनेछ।
यदि युरोप ढले, संयुक्त राज्य अमेरिकाको दिन गन्ती सुरु हुन्छ। आफ्नो देशको ऋणको भार, आफ्नो मुद्राको विश्व बजारबाट वर्चस्वको नष्ट हुँदा र विगत असी वर्ष सम्म कायम रहेको आधिपत्य गुमाइ रहँदा उसको आर्थिक अवस्था कमजोर हुन्छ। र चीन संसारको पहिलो, दोस्रोमा भारत हुनेछ। जापानको ३४५ बजार नै अमेरिका हो। अमेरिकी डलरको ट्रेजरी बोण्डको सबै भन्दा ठुलो हिस्सा पनि जापानको छ। यसैले पनि जब अमेरिका ढल्छ त्यसको प्रत्यक्ष असर जापानमा सोझै आउँछ। तेस्रो वा चौथो स्थानमा जापान वा जर्मनी हुनेछ। त्यसको केही वर्षमा रुस तेस्रो भएर उदाउन सक्ने प्रबल सम्भावना छ। यसरी नै अबको केन्द्र एसिया हुनेछ।
यी सबै परिवर्तन सोचे जसरी सजिलै अधि बढ्ने वाला भने छैन। एउटा बिन्दुबाट सुरु भएको यो यात्रा टुंगोमा आउँनलाई बिश्व महाशक्तिहरुको संग्राम हुनेछ। परिवर्तन ल्याउन खोज्ने र यथास्थितिमा आफ्नो वर्चस्व कायम राख्नेहरु बिच आर्थिक र भौतिक युद्धहुरु हुनेछ्न। अहिलेको यो समय कुनै साधारण अवस्था भने हैन। बिगतमा यसरी स्रोह्र पल्ट शक्ति केन्द्रहरुको उतार चढ्व भएका थिए, त्यस मध्ये बाह्र पल्ट युद्धबाट निष्कर्षमा पुगेको थियो। आफ्नो शक्तिलाई स्थापित गरेर राख्न हाम्रो जस्तो मुलुकमा धेरै किसिमबाट चुनौतीहरु आउने छ, त्यसको लागि नेतृत्व सजग रह्नु पर्नेछ। हामी युक्रेन, लिबिया, यमन जस्तो हुनबाट जोगिनु पर्छ ।