इतिहासको कालखण्डमा पश्चिमी मुलुकहरुलाई हाम्रो सभ्यता खतरा बनेको को थियो भन्दा, हामीलाई आश्चर्य लाग्न सक्छ। आज हामी, आफ्नो सभ्यता लोपउन्मुख हुँदै गएकोमा चिन्तित छौ । त्यसरीनै उनिहरु पनि प्रतिरक्षात्मक अवस्थामा पुगेका थिए।
जुन वेगले उनीहरुको समाजमा परिवर्तन आउन थालेको थियो, त्यसले आज उ जुन महाशक्तिको अस्तित्वमा छ त्यो हुन सक्ने आधार गुम्न जान्थ्यो।
आज विश्व जुन अवस्थामा छ त्यो अवस्था नै नहुन सक्थ्यो। किन कि त्यो परिवर्तन एउटा आन्दोलनको रुप थियो । त्यसले स्थापित जीवनशैलीलाई नै बदल्न चाहान्थ्यो। युद्धमा आधारित अर्थतन्त्र बन्न आफ्नो समाजलाई त्यही रुपमा ढाल्न जरुरी थियो। जब समाजले शान्तिको चाहना गरेको हुन्छ, त्यस मुलुक युद्धमा होमिने अवस्था आउँदैन। युद्धमा आधारित अर्थतन्त्रलाई मिल्दोजुल्दो समाज र सामाजिक धारणा बनाउन थाल्दा यो सामाजिक वद्लावले गन्तव्यमा पुगिदैनथ्यो ।
दोश्रो विश्वयुद्धपछि संसारमा दुईवटा शक्तिको उदय भयो। शीतयुद्ध भनेर चिनिने त्यो इतिहासको कालखण्डमा अदृश्य तरिकाबाट उनीहरुबीच लडाइ भइनैरहयो। खुला अर्थतन्त्र र बजार अंगालेकाहरुका नागरिकहरुलाई युद्ध र आर्थिक मन्दी सँधैको जस्तो कुरा हुन्थाल्यो। एकपछि अर्को युद्ध, कोरिया, भियतनाम, आफ्नै देशमा मार्टिन लुथरकिङले सुरु गरेको आन्दोल, क्यिुवासँगको टक्रावसँगै सोभियतहरुलाई देखाएर समाजमा डर पैदा गरी त्यहीँ किसिमका धारणा सार्धजनिक धारणा निर्माण गर्ने काम भइरहेको थियो। फलस्वरुप, युद्धबाट आक्रान्त भएर नागरिकहरु आफ्नो मानसिक संतुलन गुमाउँदै जानेको संख्या बढदै गयो। यससँगै युद्धमा विश्वास नराख्नेहरु देश छोड्दै संसारभर घुम्न थाले।
योसँगै सुरु भयो, हिप्पी आन्दोलन। ६० को दशकमा प्रतिसांस्कृतिक युवा आन्दोलनको रूपमा संयुक्त राज्य अमेरिकामा सुरु भएको, हिप्पी संस्कृति विश्वभर द्रुत रूपमा फैलिन थाल्यो। हिप्पीहरूले स्थापित सामाजिक मान्यताहरूलाई अस्वीकार गरे,युद्धको विरोध गरे र शान्ति, सद्भाव, सन्तुलन र पर्यावरण मित्रतामा केन्द्रित भए। यी अवधारणाहरू धेरै हिप्पी प्रतीकहरूमा पनि देख्न पाईन्छ। यस आन्दोलनको स्वरुप १९६९ को हुडस्ट्क फेस्टिभल, सान्फ्रासिसको गोल्डेन गेट फेस्टिभलमा देखियो। हरेक येस्ता कार्यक्रममा ४/५ लाख मानिसहरुको सहभागिता हुन थाल्यो। जसरी आजका हाम्रा राजनैतिक दलहरुले एकलाख मान्छे सकडमा उतार्छौ भने त्यसरी नै त्योबेला स्वतःस्फूर्त रुपमा ४ लाख मानिसहरु जम्मा हुने शक्ति बन्न पुग्यो।
१९६९ को हुडस्टक फेस्टिभलमा ४ लाख मानिसको सहभागिता भयो। ३ दिन ३ रात चलेको सो कार्यक्रममा कुनै पनि झैँझगडा भएन। सौहाद्रपूर्ण वातावरणमा मानिसहरु रमाउन पाए। पिस एन्ड लभ उनीहरुको एजेन्डा थियो। हुन त १९९४ मा त्यसको देस्रो संस्करण र १९९९ मा त्यसको तेस्रो र अन्तिम संस्करण हुन गयो। तेस्रो पटक गर्दा आयोजकहरुको शब्द मै भन्दा नर्क जस्तो बाताबरण बन्यो भनेका छन। धेरैले के पनि भन्ने गर्छन् भने १९९९ को सो कार्यक्रम पहिलो कार्यक्रमको ठिक उल्टो हुन गयो। झगडा, आगजनी, लैंगिक हिंसाहरु धेरै भए। त्यहाँ सामाजिक परिवर्तनको एउटा नमुना यो घटनाबाट पनि देखिन्छ।
आज सामाजिक धारणा बनाउन समाजिक संजालमा सोसियल इन्फ्लुएन्सरू प्रयोग गरिन्छ। साधारणतया यी व्यक्तित्वहरु चलनचल्तिका कलाकार, गायक आदि इत्यादी हुन्छन्। यिनलाई मन पाराएर पछि लाग्नेहरुको ठूलो जमातनै हुन्छ। लेखक पल ओलिभरको किताब ६० को दशक र हिन्दु धर्म मा हाम्रो धर्मले कसरी पश्चिमी मुलका युवा जमातलार्इ आकर्षित बनाएको थियो भन्ने कुरा बुझ्न सक्छौं। उ बेलाका हस्ती, द बिटल्स कुनै समय भारतको आश्रममा थिए । जिमि हेन्डृक्स, रोलिङ स्टोन हुँदै स्टिभ जबस, आदि सबै हाम्रो यो प्रान्तमा रमाउदै बस्न थाले। यहाँ बस्ने क्रममा अध्यात्मतातिर आकर्षित हुँदै गए। उनिहरुलाई यो त जीवन जिउने नयाँ तरिकाको रुप हुन पुग्यो।
जोर्ज सोरस आज विश्वको ठुला धनाड्यहरुमध्ये एक मानिने व्यक्तिले आफ्नो धनको शक्तिमार्फत, मिडियालाई चलाएर कसरी समाजको धारणा विकास गर्छ ? उक्त कुरा पुष्टि गरेको छ। यसरी नै ६०/७० को दशकमा आएको शान्तिको वेगले साम्राज्यको प्रस्थान विन्दु नै परिवर्तन गर्न सक्ने डर उत्पन्न हुन पुग्यो। यो सबैको उत्पत्तिको स्रोत हेर्दै जाने क्रममा उनिहरुलाई संसारभरी हाम्रो प्रान्तको सभ्यताको खतरा मह्सुस भएको हुन सक्छ। यस प्रान्तका योगी, गुरु, स्वामीहरुले उनको ठूलो जनसंख्या आकर्षित गर्दै र विश्वास जित्न सफल हुँदै गयो। यो क्रम भंग गर्नु अति आवश्यक हुँदै गयो ।
दोस्रो विश्वयुद्ध पश्चात् आजको रुस र युक्रेनमा चलिरहेको युद्ध, चीन र ताइवानमा हुनसक्ने द्वन्द, मध्यपूर्वमा विभिन्न बहानामा अनेकौं राष्ट्रमा चालू रहेका युद्ध, साम्राज्यको निजि स्वर्थमा केन्द्रित टक्कर आदिलार्इ हेर्दा उनीहरुकै समाजको आन्तरिक सुरक्षालाई आधार बनाउदै त्यहाँ हुने गरेको सामुहिक हत्याका घटना र त्यसका पात्रहरुको मानसिक अवस्थालाई हेर्दा उनीहरु आफूले चाहेको जस्तो समाज र सामाजिक धारणा बनाउन सफल भएको देखिन्छ।
यदि हिप्पी आन्दोलनले परिवर्तन ल्याएको भए आजको हाम्रो संसारको स्वरुप नै भिन्न हुने थियो। आजको दिनमा संसारको झन्डै ४० प्रतिशत हातहतियार निर्यातको व्यापार गर्ने, आफ्नो मुद्राले संसारको अर्थतन्त्रलाई गुलाम बनाउने योजनामा हिँडेकाहरुको लागि हिप्पी कल्चर समाप्त पार्न हाम्रो सभ्यता मास्नु र आगामी दिनमा यो खालको शक्तिको उदय हुन नदिन उनले आफ्नो, प्रमुख एजेन्डा बनायो। यो क्रम जारी नै छ। तर, हामी जुन चक्रवीउमा फसेका छौं, त्यसबाट उम्कने बाटो अवलम्बन गर्नु पर्ने समय भएको छ।
आज जुन किसिमबाट हाम्रो समाजमा समाजिक धारणालाई परिवर्तन गरिदैँ लगिएको छ, त्यसको गन्तव्य हाम्रो मौलिक अस्तित्वको समाप्ति मात्र हुन जान्छ। हामीले कस्तो किसिमको समाज सृजना गर्न खोजेका हौँ ? यो कुरामा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ। हामीले आफ्नो मौलिकताको आधुनिकरण गर्नुको साटो पश्चिमिकरणलाई विकास मानिरहेका छौँ। अझैँ गम्भिरतापूर्वक हेर्ने हो भने, हाम्रो राजनैतिक दलहरुमा आफ्नो मौलिकता, त्यसको संरक्षण र आगामी पुस्ताको लागि हस्तान्तरण गर्ने संस्कृति विकास नै भएन। हाम्रो सबैजसो राजनैतिक दलहरु पश्चिमी मुलका व्यवस्था र उनको विश्वासलाई सर्वस्व ठान्ने हुँदै गएका छन्। के विकासको वादक हाम्रो मौलिकता हो ?
आफ्नो मौलिकतामा अडिएर बसे रुडीबादी, यथास्थितिवादी जस्ता विल्ला लगार्इ नामकरण गरिको देखिन्छ। मुलतः के विकास भनेको आफ्नो संस्कार,मौलिकता जस्ता कुरालाई मेटाएर हुने हो र ? हाम्रो राजनितीक दलहरुले सबै सस्तो लोकप्रियतालाई अंगालेपछि दरिलो प्रतिपक्षीय भुमिकानै नभएको अवस्था छ। प्रतिपक्षको भुमिकाको अपरिहार्यतालाई बिर्सेर, प्रतिपक्ष भनेकै विरोधिहरु हुन् भन्ने व्याख्या स्थापित भएको हेर्दा समाजिक सन्तुलन गोलमटोल हुने अवस्थामा पुगेको छ।
व्यवस्था फेरेर मात्र विकास हुने होईन । व्यवस्थाको व्यवस्थापन समाल्नेहरुको दक्षता र उसको नियतमा धेरै कुराहरु निर्भर हुन्छ। आजको आवश्यकता भनेको हाम्रो मौलिकतालाई बुझेको,सबै धर्म तथा संस्कृतिको आदर गरी, हाम्रो माटो, भुगोल, धर्म, संस्कृतिलाई सम्मान गर्दै समय अनुसार आधुनिकिकरण गर्दै लिएर जाने जिम्मेवार राजनीति चरित्रको निर्माण गर्न अपरिहार्य भएको छ।