मन्जित पहाडी र सुनिता बुढाको स्वरमा तीज गीत” झोली कुम्ली” बजारमा

नेपाली महिलाहरुको मौलीक महान पर्व हरितालीका तीजको अवसरमा मौलीक तीज गीत “झोली कुम्ली ” सार्वजनिक भएको छ । गायिका सुनिता बुढा र मन्जित पहाडीको आवाज रहेको उक्त गीतमा शब्द मन्जित पहाडी र संगीत तिलक ओलीको रहेको छ ।

बिनोद बाजुरालीको संगीत संयोजन रहेको सो गीतलाई मालाश्री रेकर्डिङ स्तुडियोमा रेकर्ड गरिएको हो भने गोबिन्द पराजुली र सागर बाजुरालिले रेकड गरेको गीतलाई खड्क बाजुरालिले मिक्सिंग गरेका हुन् । रिहान शंकर र रिना गुरुङको अभिनय रहेको उक्त गीतलाई सुरेश श्रेष्ठले खिचेका हुन भने सुजन कोइरालाले भिडियो सम्पादन गरेका हुन ।

अमर सुनारको कोरियोग्राफि रहेको उक्त गीतको भिडियोलाई निशान बानियाले निर्देशन गरेका हुन् । उक्त गीतको भिडियो पानस फिल्मसको अफिसियल युटुब च्यानलबाट बजारमा आएको छ ।

भिडियो हेर्नुहोस् 

प्रकाशित मिति : २०८० भाद्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस