मौलीक तीज गीत “यसपाली तीजमा नाच बरिलै ” सार्वजनिक

नेपाली महिलाहरुको मौलीक महान पर्व हरितालीका तीजको अवसरमा मौलीक तीज गीत “यसपाली तीजमा नाच बरिलै ” सार्वजनिक भएको छ । प्रसान्त परियार,प्रीति मंगोल,मदन सुनाम र ऋतु कुमालको आवाज रहेको उक्त गीतमा शब्द तथा संगीत प्रसान्त परियारको रहेको छ ।

खेमराज गौतमको संगीत संयोजन रहेको सो गीतलाई मारुनी रेकर्डिङ स्तुडियोमा रेकर्ड गरिएको हो भने सुमन राना र खुमन रानाले रेकड गरेको गीतलाई कुमार रानाले मिक्सिंग गरेका हुन् ।प्रसान्त परियार,इस्वोर दर्जी,श्रीस्ठी वाग्ले र मन्जु नेपालीको अभिनय रहेको उक्त गीतलाई सरोज शाहीले खिचेका हुन भने राज कुमार मगरले भिडियो सम्पादन गरेका हुन ।

तिलक शाहीको कोरियोग्राफि रहेको उक्त गीतको भिडियोलाई तिलक शाहीलेनै निर्देशन गरेका हुन् । उक्त गीतको भिडियो प्रसान्त परियारको अफिसियल युटुब च्यानलबाट बजारमा आएको छ ।

भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=N9YOKGFN8ic

प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस