
नेपाली महिलाहरुको मौलीक महान पर्व हरितालीका तीजको अवसरमा मौलीक तीज गीत “यो तीजमा ढल्केरै नाच्ने हो” सार्वजनिक भएको छ ।लोक गायिका सम्झना भण्डारी, सन्तोष बस्ताकोटी र चेतन गोतामेको आवाज रहेको उक्त गीतमा शब्द तथा संगीत चेतन गोतामेको रहेको छ ।
चेतन गोतामेको संगीत संयोजन रहेको सो गीतलाई मारुनी रेकर्डिङ स्तुडियोमा रेकर्ड गरिएको हो भने सुमन राना र खुमन रानाले रेकड गरेको गीतलाई कुमार रानाले मिक्सिंग गरेका हुन् ।जुना एस डी ,सुजन सुर्खेती, रायन बस्याल र पार्वती श्रेष्ठको अभिनय रहेको उक्त गीतलाई प्रकाश खड्काले खिचेका हुन भने राजकुमार मगरले भिडियो सम्पादन गरेका हुन ।
बिजय बुढा मगरको कोरियोग्राफि रहेको उक्त गीतको भिडियोलाई राज कुमार मगरले निर्देशन गरेका हुन् भने दुर्गेश रानाले शह सम्पादन गरेका हुन् । उक्त गीतको भिडियो चेतन गोतामेको आफिसियल युटुब च्यानलबाट बजारमा आएको छ ।
भिडियो हेर्नुहोस्