काठमाडौं,
रुपेश तामाङ निर्देशित पूजा शर्माको शीर्ष भूमिका रहेको फिल्म “दान्भी” को क्लाइमेक्स दृश्यको छायांकन काठमाडौंको नैकापमा भइरहेको छ ।
निर्देशक तामाङले बुधबार अभिनेत्री पूजाको एक्सन दृश्य खिचिएको जानकारी दिए । द्वन्द्व निर्देशन श्री श्रेष्ठले गरिरहेका छन् । हरि लामा घलेको छायांकन गरिरहेको फिल्मका सहनिर्देशक नवराज शर्मा हुन् । फिल्ममा रविना थापा मगरको कथा र सञ्जोग रानाको पटकथा तथा संवाद छ ।
फिल्ममा अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ । अनुप गदाल र देव मगरको लगानी रहेको फिल्ममा कमला लिम्बू र गोकुल सुवेदी सहनिर्माता छन् । फिल्म ‘दान्भी’को क्लाइमेक्समा १०० जना फाइटर प्रयोग गरिएको निर्देशक तामाङले बताए । दर्शकले साउथ र बलिउड फिल्ममा देख्दै आएका एक्सन यो फिल्ममा देख्न पाउने उनले दाबी गरे ।
फिल्मको क्लाइमेक्स र केही एक्सन दृश्य खिचिसकेपछि बाँकी छायांकनका लागि दार्जिलिङ जाने तयारीमा रहेको यस फिल्ममा पूजाको साथमा नायक कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन् ।