रोल्पामा आयोजित रोल्पाली डान्सिङ सुपर स्टारको फाइनल अडिसन सम्पन्न

‘‘हामी गर्छौ तपाईं भित्र लुकेर रहेको कला र क्षमताको पहिचान’’ भन्ने मुल नाराका साथ सहायात्री कला केन्द्र एण्ड फिल्मस्ले रोल्पामा असार १ गतेदेखि आयोजना गरेको रोल्पाली डान्सिङ सुपर स्टारको फाइनल अडिसन लिवाङ रोल्पामा सम्पन्न भएको छ ।

रोल्पाली डान्सिङ सुपर स्टारबाट ‘दिध्या समुह’ बाट सहभागी भएका दिव्या घर्ति, शुश्मा परियार, अपेक्षा विक र अनिक्षा परियार सहितको समुह विजेता बनेको छ । उपविजेताको रुपमा सोनिया विक, तेस्रो स्थानको रुपमा संगिता पुनमगर, चौथो स्थानमा मिरा मगर र पाचौँ स्थानमा राधा बोहोरा पर्न सफल भएको सहयात्री कला केन्द्र एण्ड फिल्मस्का निर्देशक दिपक वर्माले जानकारी दिनुभएको छ । फाइनल अधिशनमा उत्कृष्ट १५ मा पर्न सफल मध्येबाट उत्कृष्ट ५ वटा टिम वा व्यक्ति छनोट गरिएको उहाँले बताउनुभएको छ ।

कार्यक्रमबाट पहिलो हुने बिजेता टिमले नगद रु ५० हजार पुरस्कार र साथमा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्रदान गरिने आयोजकले जानकारी दिएको छ । दोस्रो स्थानमा आउनेले नगद रु ३० हजार पुरस्कारको व्यवस्था गरिएको थियो भने, तेस्रो स्थानको रुपमा आउनेले नगद रु २० हजार पुरस्कार प्राप्त गरेका थिए ।

करिब २ महिना सम्म रोल्पामा सञ्चालन भएको अधिशनमा रोल्पा जिल्ला भित्रका २३५ भन्दा बढी प्रतियोगिहरुले भाग लिएका थिए । अधिशनमा भाग लिएका प्रतियोगीहरु मध्ये अन्तिम अधिशनको लागि १५ जना प्रतिस्पर्धामा छनोट गरिएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमको अध्यक्षको रुपमा सहयात्री कला केन्द्र एण्ड फिल्मस्को अध्यक्ष एकराज थापा रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन सहयात्री कलाकेन्द्र एण्ड फिल्मस्का निर्देशक दिपक वर्माले गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीय स्तरका कलाकारहरु, विभिन्न मिडियामा आबद्ध क्रियाशिल पत्रकार लगाएतको उपस्थित रहेको थियो ।

 

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस