यज्ञ सापकोटाको मौलिक तीज गीत “घर झगडा भाग ६” बजारमा

काठमाण्डौ, हिन्दु नारिहरुको महान चाड तीज नजिक आउदै गर्दा तीज गीत हरु पनि बजारमा आउन थालेका छन् चेलीको बेदना पोख्नेको रुपमा खास गीत हरु कोर्ने गरिन्छ यहि क्रममा तीज गीतलाई समेटेर “घर झगडा छ भाग ” गीत बजारमा आएको छ अकला देबी म्युजिकको आफ्नै अफिसियल युटुब च्यानल बाट बजारमा आएको हो ।

पशुपति शर्मा ,सम्झना भण्डारी ,यज्ञ सापकोटा ,पुजा देबकोटा,सुन्दर प्रयास परियार र सितल कल्पानाको स्वर भएको गीतमा सब्द टंक डुम्रे र यज्ञ सापकोटाको लय रहेको छ भने गीतलाई म्युजिक एरेन्ज भने बिस्वास नेपालको रहेको छ स्टुडियो मारुनिमा रेकड भएको गीतलाई सुमन राना र खुमन रानाको रेकडिङ्ग र कुमार रानाले मिक्सिङ्ग गरेका छन् ।

मदन खड्काको निर्देसन,बिरेन्द्र भट्टको क्यामरा बाट तयार भएको भिडियोलाई बिकास ज्ञवालीले सम्पादन गरेका छन् भने सिता मगरको मेकअप रहेको छ ।

भिडियोमा सुरबीर पण्डित ,अंशु थापा,यज्ञ सापकोटा,टंक डुम्रे, प्रभा नाथ र सिखा थापाको दमदार अभिनय रहेको छ।

हेर्नुहोस भिडियो ।

प्रकाशित मिति : २०८० साउन २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस