डाईनिङबाट स्टेज चढेपछि बदलियो निरुताको जिबन

काठमाडौं,

धौलागिरी गाँउपालिका वडा नं. ६, मराङ, म्याग्दीमा बुवा ठम बहादुर पुन, आमा मनदेबी पुनको कोखबाट जन्मिएकी गायिका निरुता पुन पछिल्लो समय लाईभ दोहोरीमा ब्यस्त छिन् । उनले आफैले लगानी गरेर बजारमा ल्याएको गीत “म्याग्दी गलेश्वर” (पञ्चेबाजा), लोक दोहोरी गीत “मै राम्री छैन र” चर्चा रहन सफल गीत हुन् । उनलाई सुरुमा आफ्नो घर परिवारले साथ सपोर्ट गरेका थिए भने पछिल्लो समयमा अर्जुन खड्का, मिना अधिकारी, समाजसेवी तथा गामबेशी रोधी घरका सञ्चालक अर्जुन शेरचन, गीता पाईजा, अनुपा थापा, रितु तामाङ, संगै गामबेशी रोधी घर टिमले साथ सहयोग गरेको थियो ।

गामबेशी रोधी घरमा ५ बर्ष अघी सुरुमा डाईनिङमा काम गरेकी उनले एकदिन स्टाफ थोरै भएपछि स्टेज चढेर गीत गाउने मौका पाएकी थिईन् । स्टेज चढेर गीत गाएपछि सबैले स्वरको तारिफ गरेर त्यसपछिका दिनहरुमा स्टेजमा गाउन लगाउन सुरु भयो । स्टेजमा गाउन सुरुभएपछि उनलाई पछि फर्केर हेर्न परेको छैन ।

सानै देखी नाच्न र गाउन हुरुक्क हुने निरुता स्कुले जिवनमा प्रतियोगिताहरुमा भाग लिएर प्रथम हुने गर्थिन् । प्रथम भएपछि साथीहरु र गाउलेहरुले भबिश्यमा यो केटी गायिका बन्छे भन्थे । त्यपसपछि झन म मख्ख पर्थे उनि भन्छिन् । महिला कलाकारहरुलाई काठमाडौंमा असहज थियो तर मलाई सबैले साथ दिएपछि गाह्रो भएन । निरुता पुन म्याग्दी कलाकार संघको सम्पर्क सचिव, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ठमेल समितीको सदस्य र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आजिवन सदस्य पनि हुन् ।

गायिका पुनले बिशाल लुम्बिनी म्युजिक अवार्ड, स्पर्श म्युजिक भिडियो अवार्ड पनि प्राप्त गरेकी छिन् । आगामी दिनमा पनि सांगीतिक क्षेत्रलाई निरन्तरता दिने सोच भएको उनले बताईन् । साथै नयाँ गीतको तयारी पनि गरेको कुरा जानकारी गराईन् ।

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस