कोरस नृत्यबाट जिविकोपार्जन गर्न सकिन्छ भन्ने उदाहरण बनिन् बिकट जिल्ला रुकुम कि लक्ष्मी

काठमाडौं,

बुवा हुकुम बहादुर पाण्डे र आमा पुष्पा पाण्डको कोखबाट बिकट ठाँउ रुकुममा बि. सं. २०५६ साल कार्तिक ३ गतेका दिन जन्मिएकी लक्ष्मी पाण्डे विगत एक दशक देखी नेपाली सांगीतिक क्षेत्रमा कोरस नृत्यको रुपमा कार्यरत छिन् । चर्चित निर्देशकहरु शंकर बिसी, प्रकाश भट्ट, स्मृती तिमल्सिना (गुरु आमा), मौसम हिमाली लगायत थुप्रै निर्देशकहरु सँग उनले काम गरिसकेकी छिन् ।

उनले आँशु पिएर, जिन्दगी घाम छाँया, आफ्नो मान्छे आफ्नै हुन्छ लगायत दर्जनौ गीतमा कोरस नृत्य गरेकी छिन् । नेपालको बिकट जिल्ला रुकुमबाट गाडी भाडा मात्र लिएर आएकी पाण्डेले कोरस नृत्य कै माध्यमबाट पनी जिविकोपार्जन गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण दिएकी छिन् । उनी म्युजिक भिडियोमा कोरस नृत्य संगै देशका बिभिन्न मेला महोत्सव र बिभिन्न साँस्कृतिक कार्यक्रममा आफ्नो नृत्य प्रस्तुत गर्दै आईरहेकी छिन् ।

बिकट ठाँउबाट आएर काठमाडौंमा टिक्नलाई सहज पनि थिएन । तर संघर्ष गर्दै यो स्थानमा आएर आफुलाई स्थापित हुनुमा गर्व ठान्नुका साथै भगवानले मलाई नाचेरै खा भनेर बरदान दिएको हो की भन्ने कुरा उनी बताउछिन् । आगामी दिनमा यसै क्षेत्रलाई निरन्तरता दिनुका साथै आफ्नो बाल्यकालको सपना पुरा गर्ने उनले बताईन् । कोरस नृत्य गर्दा आफुले गरेको दुःख संर्घर्षको पिडा भुल्ने गरेको कुरा समेत उनले भाबुक हुँदै बताईन् ।

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस